Tuesday, March 21

कोरोनाले थप २ जनाको मृ’त्यु पुष्टी, नेपालमा मृतक’को संख्या ८ पुग्यो

May 31, 2020 997

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृ’त्यु हुनेको संख्या आठ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मृत्यु भइसकेका दुई ज’नाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै मृत’कको संख्या आठ पुगेको हो। यसअघि नेपालमा कोरोनाकै कारण ६ जनाको मृ’त्यु भएको थियो।

प्रवक्ता देवकोटाका अनुसार दैलेखको दुल्लु नगरपालिका–७ को क्वारेन्टाइनमा रहेका दुल्लु–११ का ३५ वर्षीय पुरुष र बाजुराकी दुई वर्षीया बालिकाको पीसीआर रिपोर्ट पोजिटिभ आ’एसँगै कोरोनाबाट मृ’त्यु हुनेको संख्या आठ पुगेको हो।

दैलेखका पुरुषको शनिबार मृ’त्यु भएको थियो भने बाजुराकी बालिकाको आइतबार बिहान बाजुरा अस्पतालको आइसोलेसनमा मृ’त्यु भएको थियो। नेपालमा कोरोना जित्नेको संख्या भने २२० पुगेको छ। आइ’तबार एकै दिन १६६ जनामा कोरोना संक्रम’ण पुष्टि भएको छ। देवकोटाका अनुसार योसँगै संक्र’मितको संख्या १५ सय ६७ पुगेको हो।

अहिलेसम्म क्वारेन्टाइनमा एक लाख १९ हजार एक सय ९२ जना छन् भने आइ’सोलेसन एक हजार तीन सय ४९ जना रहेका छन्। आइतबार एक जनाको डिस्चार्ज भए’सँगै को’रोना जित्नेको संख्या भने २२० पुगेको छ। जसमध्ये १७२ पुरुष छन् भने ४८ जना महिला छन्। आइतबार चितवनको भरतपुर अस्प’तालबाट मकवानपुर हेटौं’डाकी २५ वर्षीया महिलाको डिस्चार्ज भएको हो। -अन्नपुर्ण पोस्ट ( फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्