आइतबार थप १ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना भाइरस ( कोभिड-१९) जित्नेको संख्या २२० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भरतपुर अस्पतालबाट मकवा’नपुर हेटौडा’की एकजना २५ वर्षीय महिला नि’को भएर घर फर्केकी हुन्।
कोरोना जित्नेमध्ये १७२ पुरुष र ४८ जना महिला रहेका छन्। मन्त्रालयका प्रवक्ता डा. विकास देव’कोटाका अनुसार हालसम्म प्रदेश १ मा ३० जना निको भइ घर फर्किएका छन्। त्यस्तै प्रदेश २ मा १०४ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा ४८ जना र सुदूरपश्चिम प्रदेशमा ६ जना गरी कुल २२० जना निको भएर घर फर्किएका छन् ।
मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिले’सम्म पीसीआर विधिबाट ६७ हजार ५ सय ८२ र आरडीटी विधिबाट एक लाख ११ हजार १ सय ९ जनाको नमुना परीक्षण गरिएको छ।
गत २४ घन्टामा पीसीआर विधिबाट २ हजार ८ सय ५३ र आरडीटी विधिबाट ४ हजार ५४ नमुना परी’क्षण भएका छन्। यस्तै आइसोलेसनमा १ हजार ३ सय ४९ जना रहेका छन् भने क्वारेन्टाइन बस्नेको संख्या १ लाख १९ हजार १९२ पुगेको छ। रेडजोनमा ४७० जना छन्।
यस्तै आइतबार थप १६६ जनामा को’रोना पुष्टि भएको छ। योसहित कोरोना संक्रमितको संख्या १५ सय ६७ पुगेको छ। जसमध्ये प्रदेश १ मा १६५ जना, प्रदेश २ मा ६२४ जना, बाग’मती प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा २३ जना, प्रदेश ५ मा ५६० जना, कर्णाली प्रदेशमा १२३ जना र सुदूरपश्चिम प्रदेशमा २७ जना गरी कुल १५ सय ६७ मा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै कोरोना भाइरस (कोभिड-१९) बाट मृ’त्यु हुनेको संख्या आठ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मृ’त्यु भइसकेका दुई’जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै मृ’तकको संख्या आठ पुगे’को हो। यसअघि नेपालमा कोरो’नाकै कारण ६ जनाको मृत्यु भएको थियो।
प्रवक्ता देवको’टाका अनुसार दैलेखको दुल्लु नगरपालिका-७ को क्वारेन्टाइ’नमा रहेका दुल्लु-११ का ३५ वर्षीय पुरुष र बाजुराकी दुई वर्षीया बालिकाको पीसीआर रिपोर्ट पोजि’टिभ आए’सँगै कोरोनाबाट मृ’त्यु हुनेको संख्या आठ पुगेको हो। दैलेखका पुरुषको शनिबार मृ’त्यु भएको थियो भने बाजुराकी बालिकाको आइतबार बिहान बाजुरा अस्पतालको आइसोलेसनमा मृ’त्यु भएको थियो। – अन्नपुर्ण पोस्ट
प्रतिकृया दिनुहोस्