बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा भएको बस दुर्घटना’मा मृ’त्यु हुनेको संख्या १२ जना पुगेको छ। भारतबाट फर्केकाहरुलाई लिएर बाँकेको नेपालगञ्जबाट दाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घ’टना भएको हो।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा दुर्घ’टना हुँदा घटना’स्थलमा ११ जना र भेरी अञ्चल अस्पतालमा उपचारको क्रममा थप एक जनाको मृ’त्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिए।
नेपालगञ्जबाट दाङ हुँदै सल्यान जानलागेको गरेको ना ५ ख ५९९५ नम्बरको बस रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रक’मा ठो’क्किँदा दुर्घट’ना भएको हो। दुर्घट’नास्थल अगैयादेखि १३ किलोमिटर पश्चिममा पर्छ।
मृ’त्यु हुनेहरुको पहिचान हुन सकेको छैन। दुर्घ’टनामा परी २१ जना घाइते भएका छन्। घाइ’तेको नेपालगन्ज उपचार भइरहेको छ। गाडीमा चालकसहित ३३ जना रहेको खुलेको छ। ५ जनाको अवस्था गम्भी’र रहेको प्रवक्ता बैदवारले बताए। दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ। – अन्नपुर्ण पोस्ट (फाइल तस्बिर)
प्रतिकृया दिनुहोस्