मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- पूर्वार्धमा विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले प्रतिद्वन्द्वी’हरूलाई परास्त गर्न सफल भइनेछ। रोकिए’का काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। खर्च लागे पनि दिगो फाइ’दा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। प्रियजनसँगकाे भेटघाटले दैनिकी रमाइलाे रहनेछ।
बिहीवा’रपछि भने अनावश्यक क्षेत्रमा ध्यान दिनाले केही झमेला आइलाग्न सक्छन्। स्वास्थ्य कमजोर रहने देखि’न्छ। घरायसी काम बिग्र’नाले दु:ख पाइएला। परिस्थितिजन्य समस्या आए पनि सप्ता’हान्तमा भाग्यले साथ दिनेछ। धन र मान समेत प्राप्त हुनेछ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)- आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आँट गर्दा चिताएको काम सजिलै सम्पादन हुनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ। रोकि’एका काम बन्नेछन् र नयाँ का’म प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सक्छ।
व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसा’यका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने समय छ। साताको अन्त्यमा भने स्वास्थ्य कम’जोर रहनुका साथै काम बिग्रने डर’ले सताउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)- पारिवारिक समस्याले लक्ष्यमा पुग्न स’मस्या पर्नेछ। अरूको भर पर्दा काममा विलम्ब हुन सक्छ। तापनि फाइदाका लागि काम दोहोर्या’उनुपर्ने हुन सक्छ। आफन्तको सद्भावले चिताएको काम बन्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। अध्ययनमा वि’शेष प्रगति हुनेछ।
विभिन्न अवसरले पछ्याउनुका साथै नयाँ जिम्मेवारी हातलागी हुनेछ। प्रभावशाली व्यक्तिह’रूलाई प्रतिस्पर्धामा उछिन्न सकिनेछ। व्यवसा’यले रमाइलो यात्रा गराउनेछ। बलभन्दा बुद्धिले लक्ष्यमा पुर्याउन सक्छ। निम्तो आए पनि आतिथ्यप्रति सजग रहनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- मिहिनेतले आँटेको काम सम्पादन हुनेछ। आर्थिक क्रियाकला’पमा फाइदा हुनेछ। मंगलवारदेखि केही पारिवारिक असमझदारी बढ्ने हुँदा उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्।
तापनि बिहीवारपछि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विभिन्न भौतिक साधन जुटाउन सकिनेछ। मनको ड’र उत्सा’हमा रूपान्तरित हुनेछ। लगनशीलताले सफलता दिलाउनेछ। पुरुषार्थी कामले प्रतिष्ठा दिलाउनेछ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। साझेदा’रीमा भने अलि सावधान रहनुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि जुझारु कार्यशैलीले प्रतिस्पर्धीहरू पछि पर्नेछन्। पुरुषार्थी कामले धन र मानस’मेत दिलाउनेछ।
चिताएका घरेलु काम सम्पादन हुनेछन्। सहयोगीहरू जुट्नाले महत्त्वपूर्ण काम बनाउन सकिनेछ। बुद्धिको उपयो’गले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ। शत्रु’हरूले समेत मित्रताका हात अघि बढाउनेछन्। लगनशीलताले काममा सफलता नै दिलाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)- यो साता विभिन्न अवसर प्राप्त हुनेछन् भने आँटले काम लिने समय छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू पनि बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र सानो प्रयत्नले ठूलो काम बन्नेछ। मंगलवार र बुधवार भने केही वि’वादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
अरूको दबाबमा परेर निर्णय लिन बाध्य भइनेछ। बिहीवारदेखि आफन्तको साथ जुट्नाले स्थितिमा सुधार आउनेछ। नयाँ कामको प्रस्ता’व आउनेछ भने मित्रहरूको सहयोग जुट्नाले महत्त्वपूर्ण काम बन्नेछ। पहिले गुमेको स्थान प्राप्त हुन सक्छ।
तुला(र, रि, रु, रे, रो, ता, ति, तु, ते)- प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। काम रो’किनाले दोहो’र्याएर प्रयत्न गर्नुपर्ला। मंगलवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। तर खानपानको असावधानीले स्वास्थ्य कमजोर रह’न सक्छ।
अरूका लागि जुट्नुपर्दा नियमित काममा बाधा पर्नेछ। बिहीवारदेखि रोकिएका काम बन्नेछन्। अध्ययनमा ध्यान केन्द्रित हुनेछ। शुभचि’न्तकहरूले साथ दिनेछन्। आम्दानीको नयाँ स्रोत भेटिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै उपलब्धि प्राप्त हुनेछ। सप्ताहान्तमा प्रतिष्ठित काम गर्ने अवसर जुट्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)-
प्रारम्भमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन्। तर सरसा’पटमा धन बाहिरिनाले बचत भने नहुन सक्छ। सोख पूरा गर्नलाई पनि खर्च बढ्नेछ।
खर्चिलो काम गर्नुपर्ने हुँदा ऋणभार बढ्न सक्छ। आफ’न्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्ग’चित्र कोर्ने समय छ। बिहीवारदेखि स्थितिमा सुधार आउनाले काममा उत्साहित भइनेछ। ता’रिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। रमाइलो भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ। अध्ययनमा पनि प्रगति हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)-
प्रारम्भमा विभिन्न अवसर प्राप्त हुनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहि’नेत गर्दा सजिलै कर्म’सिद्धि हुने समय छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुन सक्छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ।
बीचमा परिस्थिति केही असहज बन्न सक्छ। लाभांशको आ’धा हिस्सा खर्च गर्नुपर्ला। तापनि प्रयत्न गर्दा परोपकारी काम गर्ने अवसर जुट्न सक्छ। सप्ताहान्तमा आफन्तसँग रमाइलो भेटघाट हुनेछ। खर्चिलो काममा लगानी गर्नुपरे पनि नाम, दाम र प्रतिष्ठा प्राप्त हुने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)- प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। काम देखाएर उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ।
सामाजिक कामले पदीय दायित्व समेत दिला’उन सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मित्रता र प्रेमको बन्धन कसि’नेछ। आम्दानी बढ्नेछ भने परिश्रमअनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ। सप्ताहा’न्तमा दिगो काममा लगानी गर्नुपर्ने हुन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)- प्रारम्भमा स्वास्थ्य कमजोर रहे पनि मिहिनेत गर्दा सफलता’को सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काम सफल हुनेछ। मंगलवारदेखि धार्मिक मनोवृत्ति बढ्नेछ। समुदा’यको हक हितको संरक्षण गर्न सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ।
विवादा’स्पद काममा जुट्नुपरे पनि नाम, दाम र इनाम हात पार्ने समय छ। विशेष व्यक्तिसँग भेटघाट हुने समय छ। आम्दानी’को स्रोत सबल बन्नुका साथै दिगो काम प्रारम्भ हुनेछ। सप्ताहान्तमा आय बढ्नाले जीवनशैलीमा सुधार आउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)- प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। मंगलवार र बुधवार भने अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोट’पटकको योग देखिए’काले स्वास्थ्यका लागि सजग रहनुहोला।
परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। बिहीवारदेखि स्थितिमा सुधार आउनेछ। टाढि’एका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले आँटेको काम बन्नेछ। सप्ताहान्तमा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै नाम र दाम कमाउन पनि सकिनेछ।
राशिफल जस्तो भए भनी आफ्नो कर्मा निरंतर गर्नुहोला ।।
प्रतिकृया दिनुहोस्