नेपालमा बुधबार थप २०१ जनामा कोरोना भाइरस’को संक्र’मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २३ सय जनामा कोरो’ना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमि”तमध्ये जना १ सय ७९ पुरुष र २२ जनामहिला सहित अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या २३ सय पुगेको स्वास्थ्य मन्त्रा’लयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
कहाँ कहाँका छन् संक्रमित ?
प्रवक्ता डा देवकोटाका अनुसार प्रादे’शिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा एक जनाको पोजेटिभ आएको छ । उनी धनकुटा शहीदभूमी गाउँपालिकाका २७ वर्षका पुरुष हुन् ।
यस्तै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञा’न प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका एक जना ४० वर्षका पुरुष, ताप्लेजुङ शान्ति गाउँपालिकाका ३ जना क्वारेन्टाइनमा रहेका १८ देखि ४० वर्ष उमेर समूहका पुरुषहरु, झापाको बुद्ध’शान्ति गाउँपा’लिकाको क्वारेन्टाइनमा रहेका एक जना ३० वर्षका पुरुष रहेका छन् ।
यसैगरी पाँचथरको हिलीहाङ गाउँपालिका’का एक जना २० वर्षका पुरुष, सुनसरीमा क्वारेन्टाइनमा रहेका ७ जना पुरुषहरु रहेका छन् ।यस्तै नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनाको पोजेटिभ आएको छ । उनीहरु पर्साको विन्दा’बासीनी, कालिकामाई र पर्सौनीमा क्वारेन्टाइनमा रहेका ७ जना छन् ।
यसैगरी सुर्खेतमा गरिएको परीक्षणमा ३ ज’नाको पोजेटिभ आएको छ । उनीहरु दैलेखका १ जना २४ वर्षका पुरुष र सल्यानका १९ र २४ वर्षका पुरुष रहेका छन् । यस्तै कोशी अस्पताल’को प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनामा कोरोना पोजेटिभ आएको छ ।
उनीहरु मोरङ रंगेली नगरपालि’काका क्वारेन्टाइनमा रहेका २६ र ३६ वर्षका पुरुषहरु, झापाको कमल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक जना १८ वर्षका पुरुष, तेह्रथुमको आठराई गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २० वर्षीया महिला र सुनसीको बराहा’क्षेत्रमा रहेको क्वारेन्टाइनमा रहेका एक जना २९ वर्षका पुरुष रहेका छन् ।
यसैगरी सेती अस्पतालको प्रयोग’शालमा ५ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु कैलालीको गौरी’गंगा गाउँपालिका र धनगढीको क्वारेन्टाइनमा रहेका २० देखि ५१ वर्षका पुरुष र डोटीका २२ र २५ वर्षका पुरुष रहेका छन् ।
यस्तै रुपन्देहीको प्रयोगशालामा गरिएको परीक्षणमा ९५ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरुमध्ये कपिल’वस्तुका ६७ जना रहेका छन् । उनीहरु मायादेवि र सुद्धोधन गाउँपालिकाको क्वारेन्टाइनमा रहेका व्यक्तिहरु हुन् । उनीहरु ११ वर्षी’या बालिक’देखि ३७ वर्ष सम्मका १० जना महिला र १ वर्षका बालक देखि ८० वर्षका ५७ जना पुरुष रहेका छन् ।
यस्तै पाल्पाका २ जना २८ वर्षीया महिला र २३ वर्षीय पुरुष, रुपन्देहीको बौद्ध विश्वविद्यालय, रोहीनिहर्वा र म’र्चवा आदर्श माविको क्वारेन्टाइनमा रहेका २६ जना रहेका छन् । उनीहरु ४० वर्षका महिला र १३ वर्षिय बालक देखि ५४ वर्ष सम्म’का पुरुषहरु रहेका छन् ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोग’शाला जनक’पुरमा गरिएको परीक्षणमा ९ जनाको पोजेटिभ देखिएको छ । उनीहरु सबै महोत्तरी मटिहानीका छन् । ४० वर्षिया महिलादेखि १५ देखि ३६ वर्षका पुरुषहरु रहेका छन् ।
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्र’तिष्ठान जुम्ला’मा गरिएको परीक्षणमा १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुमध्ये दैलेख दुल्लु र नारायण नगरपालिकाका ६ जना १७ देखि ३० वर्षका पुरुष, कालिकोटका ७ जना रहेका छन् ।
यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ’को प्रयोगशालमा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ आएको छ । उनीहरु बंगला’चुली र राजपुर गाउँपालिकाका ५ जना रहे’का छन् । उनीहरुमध्ये एक जना ९ वर्षकी बालिका, २७ वर्षकी महिला र अन्य १७ देखि २२ वर्ष उमेरका पुरुष रहेका छन् ।
यसैगरी प्युठानका २ जना २० र २३ वर्षका पुरुषहरु, सल्यानका २९ वर्षका पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुमध्ये धनुषाका एक जना ३८ वर्षका पुरुष, कपिलवस्तु ओडरी माविको क्वारेन्टाइनमा रहेका २ जना ३४ र ३९ वर्षका पुरुषहरु, काठमाडौं मेडिकल कलेज र टोखाका ३ जना रहेका छन् ।
उनीहरु २१ देखि २७ वर्ष सम्मका महिलाहरु रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।यसैगरी नवल’परासीका ८ जना १७ देखि ३४ वर्ष सम्मका पुरुषहरु, रौतहटका ११ जना रहेका छन् । उनी’हरु मध्ये एक जना २७ वर्षकी महिला र २२ देखि ५० वर्षका पुरुषहरु रहेका छन् । त्यस्तै, रुपन्देहीको माया’देवीमा रहेका एकजना २२ वर्षी’य पुरुषमा पनि कोरोना संक्र’मण पुष्टि भएको छ ।
प्रवक्ता डा देवकोटाका अनुसार सर्लाही श्रीराम’विलास प्रावि र जनता माविको क्वारेन्टाइनमा रहेका १५ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये १ जना ११ वर्षकी बालिका र १६ देखि ४० वर्षका पुरुषहरु रहे’का छन् । यस्तै सिन्धु’पाल्चोक इन्द्रावतीका एक जना २३ वर्षका पुरुषमा पनि कोरोना संक्र’मण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको हो ।
प्रवक्ता डा देवकोटाका अनु’सार हालसम्म २ सय ७८ जना संक्रमितहरु निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये ५६ महिला र २२२ जना पुरुष’ रहेका छन् । उन’का अनुसार हाल’सम्म १ लाख ५५ हजार ८६८ जना क्वारेन्टाइ’नमा रहेका छन् भने २ हजार १३ जना आइसोलेसनमा रहेका छन् । – साझा सवाल बाट
प्रतिकृया दिनुहोस्