इटहरीमा एकजना युवक गएराति ह त्या भएको छ । सामान्य विषयमा वि’वाद हुँदा उनको ह त्या भएको हो । माप’से गरेका राई र स्थानीय केही युवाबीच सामान्य वि’वाद हुँदा उनको ह’त्या भएको प्रहरीको निश्कर्ष छ ।
ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरीका अनुसार राजन राईकै घरमा तीनजना बसेर मा’पसे गरेका थिए । मा’पसे गरेपछि तीनजनाको समूह बजारमा निस्किएको र तरहराकै खिले भनिने खिलानाथ घिमिरे’लाई फोन गरेका थिए । फोनमा एकछिन भेट्ने काम छ भनी कुराकानी भएको रहेछ ।
प्रहरीका अनुसार घ’टना भएको ठाउँमा जडान गरिएको सिसिटिभी फुटेजमा बाँ’सले हा’नेको दृश्य देखिएको छ । ६ जनाको समूहबीच झग’डा भएको र जसमा छुट्याउने तीनजना रहेको उक्त फुटेजमा देखिएको छ । घटना’मा संलग्न राजन राई, अनिल दाहाल र लक्ष्मण गुरुङ सँगै बसेर मा’पसे गरेका थिए । मा’पसे गरेपछि राजनले घिमिरेलाई फोन गरेपछि उनीहरुबीच भेट भएको थियो ।
प्रहरीका अनुसार घटनामा संलग्न अन्दाजी २० वर्षीय प्रज्वल तामाङले पछाडिबाट प्र’हार गरेका थिए । पछि राजन भुईँमा ल’डेपछि छु’रीले तीन–चारपटकसम्म प्रहा’र भएको प्रहरीको निश्कर्ष छ । प्रज्वलसँगै अभिषेक पौडेल, अभिषेक केसी र कृष्ण घिमिरे पनि घटना’मा संलग्न थिए ।
उनीहरु अहिले फ’रार रहेको र खोजी कार्य भएको प्रहरीले जनाएको छ । गम्भीर घा’इते भएका राजनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै नि’धन प्रतिष्ठानले पुष्टि गरेको छ ।
भेटमा अभिषेक पौडेल, अभिषेक केसी र प्रज्वल तामाङ पनि साथमा रहेका थिए । राजनले उनीहरुसँग भेट हुनुभन्दा अगाडि नै ‘म खिलेलाई कु’टेजस्तो गर्छु, के गर्दोरहेछ जिस्काउँ न’ भनेर भनेको खुलेको छ । जिस्किँदा जिस्कदै उनीहरुबीच सामान्य विषयलाई ठूलो बनाइएको र त्यसपछि छु*रा प्र’हार गरिएको प्रहरीको बुझाई छ । प्र’हार हुनुभन्दा अगाडि अनिल, लक्ष्मण र खिलानाथले ‘झ’डप हुन नदिन छुट्याउने प्रयास गरेपनि राजन माथि प्र’हार भएको थियो ।
मृ’तक राजन गत फागुनमा मात्रै युकेबाट आएका थिए । लकडाउन अवधि सुरु भएको केही सातामै युके जाने भिसा थियो । तर, लकडाउनका कारण उनी युके फर्कन नपाएपछि यहीँ बस्दै आएका थिए ।
तरहराका भीम राईका छोरा राजनसहित परिवार नै युकेमा बस्दै अएका थिए । फागुन अन्तिममा युकेबाट एक महिनाको विदामा आएका राजनको यो घटना भएपछि अहिले परिवारजन वि’क्षिप्त बनेका छन् । – ताजा खबर
प्रतिकृया दिनुहोस्