नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृ’त्यु हुनेको संख्या १० पुगेको छ । भारत’बाट पाँचदिनअघि आएका पाल्पाका एक ४५ वर्षीय पुरुषको कोरोना संक्रमण’का कारण मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यका प्रवक्ता डा. विकास देवकोटाले जान’कारी दिए।
उनी पाल्पाको पूर्वखोला गाउँपालिकाका हुन् । उनी भारतबाट पाँच दिन अगाडि नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइन’मा स्वासप्रश्वास’सम्बन्धी समस्या आएपछि उनलाई तीन दिन’अघि मिसन अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमै उनको मंगलबार मृ’त्यु भएपछि संकलन गरिएको स्वाब’को पीसीआर रिपोर्ट पोजि’टिभ आएको हो ।
बिहीबार एकै दिन ३३४ जना’मा कोरोना संक्रम’ण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार बुधबार ३३४ जना’को रिपोर्ट पोजिटिभ आएसँगै संक्रमित’को संख्या दुई हजार ६ सय ३४ पुगेको छ। बुधबार २०१ जना र मंगलबार २८८ जनाका कोरोना संक्र’मण पुष्टि भएको थियो।
बिहीबार पीसी’आर विधिबाट ८४ हजार एक सय ३४ र आरडीटी विधिबाट एक लाख २५ हजार पाँच सय ६४ को नमुना परीक्ष’ण गरिएको छ। पछिल्लो २४ घण्टा’मा पीसीआ’र विधिबाट तीन हजार आठ सय ६७ र आरडीटी विधि’बाट पाँच हजार एक सय ८५ जनाको नमुना परीक्ष’ण गरिएको छ।
बिहीबारका संक्रमितमध्ये विराटनगरमा एक, वीरगन्जमा एक, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका १८, प्रादेशशिक जनस्वास्थ्य प्रयोगशाला, हेटौंडा ९, पोखराको प्रयोगशालाको परीक्षणमा १६, सेती प्रादेशिक अस्पतालको परीक्षणमा ३, भेरी अस्पतालको परीक्षणमा ४२, धुलिखेल अस्पतालको परीक्षणमा १७, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान १५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान १०६ जनामा पुष्टी भएको हो ।
त्यस्तै कोसी अस्पतालमा ५, प्रादेशिक अस्पताल सुर्खेत आठ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु ९३ जना गरेर बिहीबार मात्र तीन सय ३४ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये पुरुष दुई हजार चार सय ५० छन् भने महिला १८४ जना छन्। – अन्नपुर्ण पोस्ट (फाइल तस्बिर)
प्रतिकृया दिनुहोस्