कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्या’म भुसालले सामा’जिक सञ्जाल’मा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको बताउ’नुभएकाे छ ।सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा उप’स्थित हुनुभएका मन्त्री भुसा:लले फेसबुकमा कमेन्ट गरेजस्तो काम गर्न सजि’लो नभएको बताउनुभएकाे हाे ।
उहाँले नेपालमा उत्पादन भएको दुग्ध’जन्य वस्तुहरुको बिक्री गर्न नसकेको स्वीकर गर्दै कमेन्ट गर्न जस्तो काम गर्न सजि’लो नभएको बताउनुभयाे ।मन्त्री भुसा’लले पहिला आफू’लाई पनि त्यस्तै लाग्ने गरे’को तर अहिले काम गर्न कठिन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दूधको बटर हामीसँग एक हजार मेट्रिक टन बढी भइसके’को छ, थुप्रिएको छ । उत्पा’दनको हिसाबले १५ सय मेट्रिक टन पा’उडर दूध थुप्रिएको छ ।
त्यो बेच्नु पर्ने छ त्यसको करिब–करिब दुई/ढाइ अर्ब त्यहाँ रोकिएको छ । त्यसले गर्दा त्यो रेगुलेट सर्कुले’ट हुन पाएको छैन । अफगा’निस्तान, पाकिस्तान कहाँ बेच्न पाइन्छ भनेर प्रयत्न गरिएको छ, सकिएको छैन । सेना पुलिसलाई खुवा’उन सकिन्छ कि भनिए’को थियो, त्यो पनि सकिएको छैन । माघदेखि मात्रै ठेक्का लाग्दो रहेछ, त्यसले गर्दा समस्या छ ।
मान्छेहरुले फेसबुकमा, बाटोमा यसो गरि’दिए हुन्छ नि ! भन्छन्, मलाई पनि त्यस्तो लाग्थ्यो, त्यो सजिलो रहिन्छ ।’उहाँले किसानलाई उपलब्ध गराउने मलको वि’षयमा पनि समस्या रहेको बताउनुभयो । अहिले सरकारसँग १५ हजार मेट्रिक टन युरिया र २० हजार टन डी’एपी मल छ र साढे पाँच हजार मेट्रिक टन जति पो’टास मल रहेको तर त्यतिले नपुग्ने उहाँले बताउनुभयो ।
आयातको क्रममा रहेको मल पनि ढुवानीमा सम’स्या हुँदा ल्याउन नसकिएको उहाँकाे भनाइ छ । उहाँले कृषि पेसामा लाग्ने किसानहरुको न्यूनतम बचत’सहितको आम्दानीको सुर’क्षा गर्नु नै कृषि क्षेत्रको लागि सबैभन्दा ठूलो काम हुने बताउनुभयो । उहाँले अनुदान दिएर भन्दा किसानको उत्पादन’को बजारीकरण र बचतस’हितको आम्दानीको सुनिश्चितता गराउने गरी काम गर्नुपर्ने बताउनुभयो ।
यस्तै पछिल्लो समय सल’ह आउने चिन्ता’मा किसानहरु रहेको भन्दै त्यसको लागि मन्त्रालयले कसरी नियत्रण गर्ने भन्ने सम्बन्धमा समिति गठन गरी अध्ययन गरिएको जान’कारी दिनुभयाे । – उज्यालो अनलाइन
प्रतिकृया दिनुहोस्