Friday, December 1

दीपेन्द्र नजन्मिदै ज्योतिषीको भविष्यवाणी र जन्मदै उम्रेको दाँत देखेर यसरी आत्तिएका थिए महेन्द्र (भिडियोसहित)

June 5, 2020 5460

‘सरकार ! नवयुवराज पैदा होइबक्स्यो ।’युवराज्ञी ऐश्वर्यकी सहयोगी प्रेमा सिंहले दुई हात जोडी धनुष्टङ्कार शैलीमा निहुरिएर प्रणाम गर्दै भनिन् । कुनै ठूलो बोझले थिचिँदा उत्पन्न हुने बेचैनी राजामा प्रस्ट देखिन्थ्यो ।

बैठककक्षमा तनावमय मुद्रामा घरि यता त घरि उता गरिरहेका राजा महेन्द्रलाई युवराज्ञी ऐश्वर्यकी सचिव प्रेमा सिंहले ढोकैमा उभिएर नाति पैदा भएको खबर त्यसरी सुनाएपछि राजा महेन्द्रले ‘धत्तेरी’ भन्दै सल्किए’को चुरोट’को ठुटो भुइँमा फाले र खिन्न हुँदै भने, ‘बर्बाद भयो ।’निकै उत्साहित भएर प्रेमा महाराजाधिराजलाई खुशीको खबर सुनाउन गएकी थिइन् ।

खुशीको खबर सुनाउँदा पनि राजामा विस्मात पूर्ण भाव प्रकट भएको देखेर उनी स्तब्ध भइन् । हात जोडिएको थियो प्रणाम गर्न, जोडिएको जोडियै भएछ उनको ।राजालाई तनाव’मा देखेर उनी झ’स्किन् र दर्शन गरेर फर्किइन् । राजा थच्च काउचमा बसे र टोलाइरहे ।

चुरोटको आगो गलैँचामा सल्किएर निस्किएको धुवाँले उनको मुद्रा भङ्ग गऱ्यो । उठे र आगो निभाउँदै डस्टबिनमा चुरो’टको ठुटो फ्याँकिदिए ।फेरि काउचमा बसे । र, हातमा निधार अड्याएर निहुरिरहे ।

पछि ठुलो भएपछि युवराज दीपेन्द्र शाह बहुप्रतिभाशाली भएर निस्किए । उनी लोकगीत गाउन खप्पिस थिए । विभिन्न भाकामा गीत गाएर मज्जा लिन्थे । उनी लोक गायक गायिकाहरुसँग बसेरै गाउँथे र गाएको सुन्थे । जब दिपेन्द्र लोकगीत गाउन थाल्थे रोकिनै कठिन हुन्थ्यो । उनी भाका हाली हाली जोसका साथ गाउँथे ।पढाईमा समेत अब्बल थिए ।

पीएचडी गर्ने धोकोका साथ भूगोल अध्ययन गरेका थिए । भूगोल कठिन विषय हो । उनी भूगोलमा एमए गरिसकेका थिए । त्रिभुवन विश्वविद्यालयबाट भूगोलका गोल्ड मेडलिष्ट पनि हुन् । दीपेन्द्र खेलकुदमा पनि अब्बल थिए । उनको मनपर्ने खेल बक्सिङ थियो । आफै बक्सिङ पनि खेल्थे ।

उनमा केही खराब लत पनि थियो । भनिन्छ उनी बेला बेलामा ला’गूपद्धार्थ सेवन गर्थे । विशेषगरी गाँ’जा र कहिलेकाहीं च’रेश से’वन गर्थे । दरबार ह’त्याकाण्डमा पनि उनले कालो प’द्धार्थ से’वन गरेको भनिएको छ । त्यो कालो पद्धार्थबारे स्पष्ट नभएपनि च’रेशको शं’का गरिएको छ ।

दरबार ह’त्याकाण्ड हुँदा उनी २९ वर्षका थिए । विवाहको विषय चलिरहेको थियो ।राजदरबार ह’त्याकाण्ड छानविन आयोगका अनुसार पारिवारिक भोजमा उनैले आफ्ना परिवारहरूको ह’त्या गरिदिएका हुन् । यो जुन १, २००१ को साँझको कुरा थियो । आयो:गले दीपेन्द्रले आफ्ना पिता–माता, भाइ–बहिनीलगायतको ह’त्या गरी आफूले आफ्नै टाउकोमा गो’ली हा’नी आ’त्मह’त्या गरेको जनाएको थियो ।

सरकारले गठन गरेको आयोगको आधिकारिक भनाइअनुसार दिपेन्द्रले नै आफ्ना परिवारका सदस्यहरूलाई आमसं’हा’र गरेका थिए । किनभने उसको विवाहको बारेमा परिवारमा विवाद चुलिएको थियो । विवाद सृजनाले उनी अत्यन्त रू’स्ट थिए । दिपेन्द्रको चाहना थियो दुलहीको रूपमा देवयानी राणा’लाई दरबार भित्याउने । देवयानी रा’णा राप्रपा अध्यक्ष पशुपति शम्शेर राणाका छोरी हन् ।

राणा वेराज इतिहासमा पशुपती शम्शेर राणाहरू ‘ग’ वर्गका राणाहरू हुन् । राणा र शाह खानदानबीच वैवाहिक सम्बन्ध स्थापित हुने एउटा परम्परा थियो । यद्यपि, राजपरिवारका शाहहरूले ‘क’ वर्गका राणाहरूस“ग मात्रै विवाह गर्दथे । ‘क’ श्रेणीका राणाहरूले आफूलाई श्री ३ घोषित गर्दै २००७ साल सम्म नेपालमा आफ्नो शाषन चलाएका थिए ।

जसलाई हामी १०४ वर्षको राणा शासन भनेर बुझ्दछौं । यी दुई महाराज वंशजहरूको नेपालमा वैवाहिक सम्वन्धको लामो इतिहास छ ।सरकारी छानविन आयोगको भनाइअनुसार देवयानीसँग विवाह गर्ने दिपेन्द्रको चाहना विरू’द्व उनकै आमा रानी ऐश्वर्य उभिएकी थिइन् । यसैकारण, दिपेन्द्रले नियमित शाहीभोजमा परिवारको ह’त्या गरिदिएका हुन् ।

उसबखत उनले धेरै मा’दकपदार्थ पिएका थिए । मृ’तकहरूमध्ये दिपेन्द्रका बुवा तत्कालीन राजा वीरेन्द्र, आमा, भाइ र बहिनी पनि थिए । भनिन्छ— त्यसपछि दिपेन्द्रले आफ्नै टा’उकोमा पे’स्तोल प’ड्काए । दिपेन्द्रले तीन दिनसम्म कोमामा मृ’त्युसँग स’ङ्घर्ष गरे । यसै बेला अस्पतालको शै’यामै उनलाई राजा घोषित गरिएको थियो । उनको जुन ४ मा मृ’त्यु भयो । लगत्तै उनका काका ज्ञानेन्द्र राजा भए । – स्वदेश नेपाल बाट

भि’डियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्