Thursday, August 5

जात तगारो बन्यो प्रेममा, खेम सेन्चुरीको ‘कामी दाईको छोरो’ सार्वजनिक (भिडियो’सहित)

June 5, 2020 1051

लोक तथा दोहोरी गायक खेम सेन्चुरीको ‘कामी दाईको छोरो’ भर्खरैमात्र सार्वजनिक भएको छ । अन्तर्जातीय प्रेम सम्बको कथा’मा आधारित गीत भिडियोसहित केहिसमय अगाडि मात्रै सार्वज’निक गरिएको हो ।

गीतमा प्रेम गरेका जोडी’लाई जातकै कारणले एक हुन नसकेपछि संगै मृत्युुवरण गरेको भाव’लाई समेटिएको छ । अनिश दवा’डीको शब्द संगीतमा तयार पारिएको गीतमा प्रेम गरेका जोडीले माया गरेरपनि जात नमिलेपछि संगै हुन डराईरहेको र छुट्टिएर बाँच्नपनि नसके’पछि संगै मृत्युवरण गरेका छन् ।

यहि जेठ १० गने रुकुममा नवराज बि’कले मल्ल थरकी युवतीसंग प्रेम गरेकै कारण जात नमिलेर नवराजसहित उनका साथी गरेर ६ जनाको ज्यान गएको छ । यस्ता घट’नाहरु नेपालमा भैनैरहेका सुन्नमा र देख्नमा आईरहेका छन् ।

५७ वर्षअघि नै मुलुकी ऐन २०२० ले जातीय आधारमा छुवाछुतलाई दण्डनीय अपरा’ध भनेको छ । २०६३ सालको जेठ २१ मा संसद्ले पनि कानुनमा मात्र सीमित नभई व्यवहारमा पनि छुवा:छुत अन्त्य हुनेछ भनेर नेपाल छुवाछुतमु-क्त- राष्ट्र घोष’णा गरेको थियो । छुवा’छुत तथा भेदभाव (क’सुर र स’जाय) ऐन, २०६८ मा विवाह गर्ने तथा बरवधु छान्ने अधिकार सुरक्षित छ ।

छुवाछुत र जातीय वि’भेद दण्डनीय हुने व्यवस्था लागू भैसकेपछि पनि अन्तर्जातीय प्रेमकै कारण बर्सेनि दलित कुटिएका छन्, मारिएका छन् ।यो एउटा गीत मात्रै हो’इन, समाजको एक य’थार्त चित्रण पनि हो । गीतमा प्रयोग गरिएका शब्दले कुनै जात, वर्ग, धर्म तथा लिं’गको अपमान गर्ने हाम्रो मन’साय कदापी होइन ।

छुवाछुतवि-रु-द्ध जागरणका लागि समर्पित यो गीतले सामाजिक चेतनासँगै मानसिक परिवर्तनमा पनि सघाउ पुग्ने विश्वास हामीले लिईएको गायक सेन्चुरीको भनाई छ । गीग गायक सेन्चुरीकै अफिसियल युट्युवच्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतले सबैको मन जितोस हाम्रो शुभकामना । भिडियो हेर्नुहोस्….

प्रतिकृया दिनुहोस्