Monday, October 2

नेपालमा कोरोनाले थप एक जनाको मृ’त्यु…

June 5, 2020 1049

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट नेपालमा मृ’त्यु हुनेको संख्या ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय&का अनुसार मृ’त्यु हुने ११ औं व्यक्ति सुर्खेत पञ्चपुरी नगरपालि’का वडा नम्बर १ का २० बर्षीय युवा हुन् ।;सुर्खेतस्थि’त जनता मावि विद्यापुर क्वारेन्टाइनमा बसेर घर गएका युवकको कोरोना भाइरस’को कारण मृ’त्यु भएको पुष्टि भ’एको मन्त्रालयले जनाएको छ ।

सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का २० वर्षीय युवकको बिहीबार बिहान घर नपुग्दै बाटैमा मृ’त्यु भएपछि पीसीआर जाँच गर्दा पोजिटिभ आएको कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महा’शाखाले आज विहान पुष्टि गरेको थियो ।मृ’त्यु भएपछि पीसीआर जाँचका लागि बिहीबार नै स्वाब संकलन गरी सदरमुकाम वीरेन्द्रनगर पठाइएकोमा राति नै रिपोर्ट पो’जिटिभ आएको थियो ।

भारत’बाट आएका ती युवक जनता मावि विद्यापुरको क्वारेन्टाइ’नमा बसेका थिए । आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि २१ गते दिउँसो घर गएका उनको सोही दिनको राति २ बजे मृ’त्यु भएको थियो ।उनी घर भने पुगेका थिएनन् । उनीसहित अन्या पाँचजना वडा नं एकको एउटा सामुदायिक भवनमा बसेका थिए । – न्युज२४ नेपाल (फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्