Monday, March 27

विदेशमा रहेका नेपाली फर्कन थाले, म्यानमार बाट २६ नेपाली आए (भिडियोसहित)

June 5, 2020 1594
म्यानमार बाट फर्किएका नेपाली

म्यानमार एयर फोर्सको विमानले म्यानमारमा अलपत्र परेका २६ जना नेपालीलाइ शुक्रबार (आज) काठमाडौं ल्याइदिएको छ ।नेपाल फर्कन चाहेपनि सरकारले नेपालमा लकडाउन घोषणा गरेकाले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि उनीहरु म्यानमारमै अलपत्र परेका थिए ।

सो विमानले नेपालमा अपलपत्र परेर रहेका ५३ आफ्ना नागरिकलाई लैजाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।


आज नेपाल ल्याइएकाहरू वाग्मती प्रदेशका सबैभन्दा धेरै १७ जना रहेका छन् । त्यस्तै प्रदेश १ का ४ जना र गण्डकी प्रदेशका पनि चार जना र प्रदेश ५ का १ जना रहेका छन् ।उनीहरुलाई विमानस्थलमा स्वास्थ्य जाँच गरेर अहिले बसुन्धरास्थि यती पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राखिएको छ । – न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्