मीना श्रेष्ठले दुई महिना घर बसाइ’पछि आज पसल खोल्नुभएको छ । विगत १० वर्षदेखि न्यूरोडमा कपडाको होल’सेल पसल सञ्चालन गर्दै आउनुभएकी मीनाले दैनिकी सञ्चालन गर्न समस्या भएपछि आज पसल सञ्चालन गर्नुभएको हो । पसल खु’ला भए पनि उपभोक्ता भने एकजना पनि आएका छैनन् ।
कोरोना महामा’रीकै बीच सञ्चा’लन गरिएको पस’लमा सामग्री खरिद गर्ने एकजना पनि नआउँदा मीना उदास देखिनुहुन्छ । चौ’बीसै घण्टा व्यस्त रहने काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्यूरोडको सडकमा नगन्य मात्रामा मनिसको आवतजावत रहेको छ । त्यसमाथि कारो’नाको ड’र एकातिर आवश्यकबाहेक अन्य कामकाजका लगि मानिस बाहिर निस्केका छैनन् ।
“मानिसको आवतजावत नै कम भएपछि सामग्री ख’रिद गर्नका लागि मानिस आउने त कुरै भएन, लकडाउ’नकै कारण कतिलाई त अहिले दैनिकी चलाउन पनि समस्या भएको छ, खानकै लागि सम’स्या भएपछि लत्ताकपडा किन्न आ’उने कुरै भएन, यो समस्या लामो समयसम्म रहने हो भने व्यापार गरी खान ठूलो समस्या हुनेछ”, दुःखी हुँदै मीनाले भन्नुभयो ।
त्यसैगरी नुनदेखि सुनसम्म पाइने काठमाडौँको अर्को प्रमुख केन्द्र मानिने असन बजारको समस्या पनि न्यूरोडको भन्दा कम छैन । यहाँ शृङ्गार सामग्रीका पसलबाहेक, दैनिक उपभोग्य वस्तुस’हित अन्य केही पसल खुला रहे पनि आवतजावत कम हुँदा सामग्री खरिद गर्नेको सङ्ख्या छैन ।
असनमा चार वर्षदेखि जुत्ता पसल सञ्चालन गर्दै आउनु’भएका धादिङ स्थायी घर भएका अर्का व्यापारी श्याम ला’माको गुनासो पनि मीनाको जस्तै छ । उहाँले दुई महिनापछि आज पसल खुला गर्नुभएको हो तर एकजोर जुत्ता पनि बिक्री भएको छैन ।
“जुत्ता किन्न आउने कुरा के गर्ने पसलमा पनि आँखा ल’गाउने पनि कोही छैन, यसरी नै समय बित्ने हो भने बाँच्न मुस्कि’ल भइसक्यो”, उहाँले भन्नुभयो, “लकडाउन’अघि व्यापार गरेको पैसाले अहिलेसम्म व्यवस्थापन गरियो, अबको दैनिकी कठिन हुने भएको छ, लकडाउनको शुरुवाती समयमा कामपाले केही राहत दिएको थियो अब त राहत दिने पनि छैनन्, दुई छोराछोरीसहित चारज’नाको परिवार टिका’उन समस्या भएको छ ।”
दैनिकी सञ्चालन गर्न समस्या भए पनि काठमाडौँका भित्री क्षेत्रमा अत्यावश्यकसहित अन्य केही पसल पनि खोल्न शुरु भएका छन् । विश्वभरि फैलिएको कोरोना भाइरसका कारण सरकारले अहिले देश पूरै लकडाउन गरेको छ । दैनिकी’लाई सहज बनाउँदै विस्ता’रै लकडाउन खोल्ने विषयमा सरकारका पदाधिका’रीबीच छलफल भइरहेकै समयमा व्यापारीले भने दैनिकी चलाउन स’मस्या भएको भन्दै केही व्यव’साय सञ्चालन गरेका छन् ।
लकडाउनको मोडा’लिटी परिवर्तन गरी नागरि’कको दैनिकी सहज बनाउने विषयमा सरकार सकारात्मक रहेको भए पनि के कसरी व्यापार व्यवसाय सञ्चालन गर्ने भन्नेबारे यकि’न निर्णय आउन बाँकी नै छ । विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण नियन्त्रण र रोकथाम’का लागि सरकारले गत चैत ११ गतेदेखि शुरु गरेको लकडाउन पटक पटक गरी आगामी जेठ ३२ गतेस’म्मलाई निरन्त’रता दिएको छ ।
लामो समय’सम्म घरमा थुनिएका नाग’रिक भाइरस फैलिरहेकै भए पनि जनजीवन सहज बनाउने प्रयास गरिरहेका छन् । बिहीबा’रदेखि पसलमात्रै होइन केही निजी सवारी साधन पनि सञ्चालन भएकाले सडकमा सवारीको चाप अघिल्ला दिनको तुल’नामा बढेको देखिन्छ ।
प्रतिकृया दिनुहोस्