संसदमा ‘भारतीय चेली’ शब्द प्रयोग गरिएको विषयमा वि’वाद चर्किएकाे छ । प्रतिनिधि सभामाकाे शुक्रबार बसेकाे बैठकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेकपाकी सांसद गंगा चौधरी’लाई इंगित गर्दै ‘भारतीय चेलीको दादागिरी’ शब्दप्रति अापत्ति जनाउनुभएकाे छ ।
यसअघि जेठ १९ गतेकाे संसद बैठक’मा सांसद गंगा चौधरीले ‘संसदमा भारतीय चेलीहरूको दादागिरी चल्न थालेको’ भन्दै कडा टिप्पणी गर्नुभएकाे थियाे ।
उहाँले नेपालद्वारा हालै जारी गरिएकाे नयाँ नक्साबारे नेपालले कसैलाई सोध्नु नपर्ने तर्क गर्दै कसैकाे नाम नलिएर संसदमा समेत भारतीय चेलीहरूकाे दादागिरी चल्न थालेकाे बताउनुभएकाे थियाे । उहाँकाे लक्ष्य सरिता गिरी तर्फ नै रहेकाे भन्दै मिडियामा समा’चार छाएका थिए ।
साेही विषयमा शुक्रबारको बैठमा सांसद गिरीले सांसद चौधरीलाई इंगित गर्दै उक्त शब्द फिर्ता लिन या संसदकाे रेकर्ड’बाट हटाउन माग गर्नुभएकाे हाे । यद्यपि चौधरीको नाम नलिएरै सांसद गिरीले उक्त अभिव्यक्ति ‘हेट स्पिच’ रहेकाेले साे अभिव्यक्ति’विरूद्ध कानुनी प्रक्रिया अपनाउनुपर्ने बताउनुभयाे ।
उहाँले जेढ १९ काे बैठकमा आफूले दिएकाे अभि’व्यक्ति ताेडमाेड भएर मिडियामा गएकाे बताउनु’भयाे । ‘भारत र चीनसँग नेपालले संवाद गर्नुपर्ने’ अभिव्यक्ति दिएकाे तर मिडियाहरूले इस्यु बनाएर ‘भारतलाई नसोधीकन नक्सा बनाउने ?’ भन्ने आशय’काे धारणा बाहिर गएकाे उहाँकाे भनाइ थियाे ।
शुक्रबारकै बैठकमा राष्ट्रिय जनता पार्टी’की सांसद अमृता अग्रह’रीले पनि सांसद गंगा चौधरीले प्रयोग गरेको शब्दप्रति पार्टीको ध्यानाकर्षण भएको बताउँदै चौधरीले माफी माग्नु’पर्ने धारणा राख्नुभयाे । न्युज २४ नेपाल
प्रतिकृया दिनुहोस्