Monday, October 2

गगन थापा’को अन्तर्वार्ताको कमेन्ट हटाउन नायिका निशा अधिकारी’को पत्रकार’लाई अल्टिमेटम

June 6, 2020 2088

भिडि’यो अन्तर्वार्तामा दर्शकले गरेको कमेन्टको विषय’लाई लिएर नायिका निशा अधिकारीले पत्रकार’लाई ध:म्की दिएकी छन् । करिब एक वर्ष अघि क्यानडा’नेपालले कांग्रेस नेता गगन थापा र उनकी पत्नी डा. अन्जना केसी थापासँग लिएको भिडि’यो अन्तर्वार्तामा दर्शक’ले गरेको कमेन्टको विषयलाई लिएर नायिका निशाले पत्रकारलाई ध’म्की दिएकी हुन् ।

सन् २०१९ जुलाई २०मा क्यानडाने’पालको आधि’कारिक युट्युब च्यानलमा अपलोड गरिएको गगन थापा र उनकी पत्नी अन्जनाको अन्तर्वार्तामा दर्शक’ले गरेको कमेन्ट नह’टाएको भन्दै नायिका निशाले क्यानडानेपाल डटकमका पत्रकार तथा चलचित्र पत्रकार संघ नेपालका सदस्य मदन रिजाललाई ध’म्की दिएकी हुन् ।

१० महिनासम्म पनि अन्जना’विरुद्ध आएका नरा’म्रा कमेन्ट नहटाएको भन्दै आक्रोशित भएकी उनले पत्रकार रिजाललाई १५ मिनेट’भित्र कमेन्ट हटाउन अल्टिमे’टम दिएकी हुन् । सामाजिक सञ्जालमा आएका प्रतिक्रियाको प्रतिवाद गर्न शून्य सहनशीलता’को अभियान चलाइरहेकी नायिका निशाले युट्युबमा आएका कमेन्ट हटाउन पत्रकारलाई धम्की’ दिएकी हुन् ।

 

नायिका निशाले हटा’उन भन्दै पठाए’को कमेन्ट’को स्क्रिनसट

 

उनले १५ मिनेटभित्रमा कमेन्ट नह’टाए कानुनी बाटो पनि रोज्ने बताएकी पीडित पत्रकार रिजालले जानकारी दिए । पत्रकार तथा सञ्चार माध्यमले आफूले पस्कने सामग्रीमा सचेत र सावधानी रहनु पर्ने हुन्छ । तर, पाठक वा दर्शकको कमेन्टलाई लिएर ध’म्की आउनु दुखद् भए’को चलचित्र पत्रकार संघ नेपालका महासचिव समीर बला’मीले बताए ।

दर्शकको कमेन्टलाई लिएर पत्रकार’लाई धम्की’ आउनु दर्शकको अभिमतलाई कदर गर्न नसक्नु रहेको भन्दै महासचिव बलामीले पत्रकारलाई धम्की दिनेले माफी माग्नु पर्ने बताए । सम्प्रेषित समाचार’प्रति चि’त्त नबुझे कानुनी बाटो रोज्न छाडेर पत्रकारलाई ध’म्की दिनु गलत रहेको भन्दै उनले पत्रकारलाई धम्की’ दिने तथा समाचारका विषयलाई लिएर अनावश्यक दुःख दिने कार्य दोहोरिरहे संघले त्यस्ता कलाकार’लाई बहिस्कार’ गर्न सक्ने बताए ।

पत्रकारले पत्रकार आचार’संहित र प्रचलित कानुनका अधिनमा रहेर समाचार सम्प्रेषण गर्न पाउने भन्दै उनले दर्शक’को कमेन्टलाई लिएर पत्रकारलाई धम्की’ दिने, समाचार हटाउ’न दबाब दिनेजस्ता गलत कार्य रोकिनु पर्ने बताए ।

यता चलचित्र कलाकार संघकी उ:पाध्यक्ष रेजिना उप्रेती’ले यसबारे नबुझी संघको धारणा दिन नमिल्ने बताइन् । ‘के भएको हो, यसबारे बुझेपछि मात्रै भन्न सक्छु, यसबारे मलाई केही पनि थाहा छैन’, उनले भनिन् ।

समाचारको विषय’लाई लिएर पत्रकारमाझ विवाद’मा आइरहने नायिका निशा सामाजिक सञ्जाल’मा हुने गतिविधिलाई लिएर प्रति’क्रिया जनाउने गरेकी छन् । – क्यानाडा नेपाल

प्रतिकृया दिनुहोस्