आन्तरिक राजस्व विभागले अ’सार ७ गते सम्म कर बुझाउन आग्रह गरेपछि अहिले कर बुझाउन नसक्ने भन्दै विराटनगरका व्यवसा’यीले विरोध प्रदर्शन गरेका छन् ।
लगातारको लकडाउ’नका कारण व्यापार व्यवसाय नभएको र विभागले म्याद थप गरेपनि तत्काल कर तिर्न सक्ने स्थिति नरहेको भन्दै उनी’हरुले विराटनगर स्थित आन्तरिक राज’स्व कार्यालय अगाडि धर्ना दि’एका छन् । धर्ना अघि उनीहरुले विभिन्न नाराहरु लेखि’एका प्ले कार्ड बोकेर नगरको विभिन्न भागको परिक्रमा गरेका थिए ।
कोरोना लागेर मर्नु अघि भोको म’रिन्छ होला, भोको पेटले बैक व्याज कसरी तिर्ने, घर भाडा र बैंक ब्याज मिनाहा गर, व्यापार नगरी कर कसरी तिर्नु, व्यापार र व्यापारी’लाई संरक्षण गर’ जस्ता नारा लेखिएका प्ले कार्ड सहित उनीह’रुले मौन जुलुस निका’लेका थिए । धर्ना कार्यक्रममा भोको भएका कारण मरेको जस्तो गरेर सुतेर सांके’तिक वि’रोध समेत गरेका थिए ।
उनीहरुले स्थानीय सरका’रले एक पटक राहत दिएको तर निम्न बर्गीय परिवारलाई बाँच्न गाह्रो भएको भन्दै र आवश्यक राह’त उपलब्ध गराउनु पर्ने माग सहित विरोध गरेका छन् ।
उनीहरुले सरकारले कुनै व्यवसा’य सञ्चालन गर्न अनुमति दिने र कुनै व्यवसायलाई सञ्चाल’नमा रोक लगाएर वि’भेद गरेको हुनाले लकडाउनको पालना गरेर सवैले आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग राखेका छन् । – न्युज२४ नेपाल
प्रतिकृया दिनुहोस्