Wednesday, March 3

बलिउड फिल्ममा ६५ वर्ष कटेकालाई प्रतिबन्ध

June 7, 2020 686

कोरोना कहरले वृद्ध कलाकार’को गाँस खोस्ने अवस्था आइपरेको छ। बलिउड फिल्मको छायांकनमा ६५ वर्षभन्दा माथिका कलाकार’लाई प्रतिबन्ध लगाउने निर्णयपछि यस्तो अवस्था आइ’परेको हो।

चिकित्सकका अनु’सार कोरोना भाइरस संक्रमण’को उच्च जो’खिम वृद्धवृद्धा तथा बालबालिकामा बढी हुन्छ। यसै तथ्यलाई मध्यनजर गर्दै मुम्बईको महाराष्ट्र सरकारले ६५ वर्ष उमेर बढीका कलाकार’लाई सुरक्षाका दृष्टिकोणले सुटिङ’मा रोक लगाउने निर्णय गरेको हो।

स्मरण रहोस्, महाराष्ट्र सरकार’ले आगामी २० जुनदेखि मुम्बईमा सर्तसहित फिल्मको सु’टिङ खुला गर्ने निर्णय गरि’सकेको छ। ६५ वर्षभन्दा बढीका पाका कलाकारले यो निर्णय उपयुक्त नभ’एको टिप्पणी गरेका छन्। चरित्र अभिनेता राजा मुराद भन्छन्, ‘यो निर्णय व्यावहारिक छैन। फिल्‍ममा अभिभावकको रोलका लागि सिनियर कलाकार नै चाहिन्छ। ’

बलिउडमा अमि’ताभ बच्चनदे’खि मिथुन चक्रवर्ती, अनिल कपुरसम्म वृद्ध तर चर्चित कलाकार छन्। राजा मुरादले के अब अमिताभलाई पनि काम नगर भन्ने भनेर प्रश्न’समेत तेस्र्या’एका छन्। उमेरलाई लिएर भेद’भाव गरिएकाले यो निर्णय संविधान’विपरीत भएको मुराद’को आक्रोश छ। – अन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस्