Monday, March 27

कोरोना अपडेटको लाइभ’बाट भावुक हुँदै बिदा भए ‘विकास सर’

June 7, 2020 1674

नमस्कार कोभिड-१९ को दैनिक अपडेटमा स्वागत छ’, यसरी नै ७६ दिनदेखि दैनिक दिउँसो ठिक सवा चारबजे कोरोना अपडेटको लाइभ लिएर आउने स्वास्थ्य तथा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा’लाई जिम्मेवारीबाट हटाइ’एको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देवकोटा’लाई सरुवा गर्दै नयाँ प्रवक्ताको रुपमा परो’पकार प्रसूति अस्पतालका निर्देशक डा. जागेश्वर गौतमलाई नियुक्त गरेको हो। उनलाई तीन दिनअघि अस्पताल’को निर्देशक’बाट मन्त्रालयमा तानिएको थियो।कोरोना अपडेट लाइभबाट चर्चित बनेका प्रवक्ता देवकोटालाई मन्त्रालयले गुणस्तर तथा नियमन महा’शाखाकाको प्रमुख बनाएको छ।

२०७६ चैत ११ गतेदेखि २०७७ जेठ २५ गतेसम्म लगातार ७६ दिनसम्म दैनिक अप’डेटमा उपस्थित भएका देवकोटा आइत’बार बिदा भएका हुन्। लाइभ अपडेटमै पत्रकार, मिडिया, स्वास्थ्य’मन्त्री र सहयोगी सबै’लाई धन्यवाद दिँदै देवकोटा भावुक हुँदै बिदा भए।

देवकोटाले यो अवधिमा आफूले धेरै कुरा सिकेको’समेत बताए। उनले कति’पय अवस्थामा फोन नउठाएको गुनासो आएको भन्दै परिस्थिति बुझिदिन सबैलाई अनुरोध गरे।

‘२०७६ चैत ११ गतेदेखि ७६ दिन लाइभ अपडेटमा उपस्थित भएँ। यो अवधिमा मैले धेरै कुरा सिकेको छु ’, देवकोटाले मिडिया’कर्मीलाई धन्यवाद दिँदै भने, ‘मैले फोन उठाउन नपाएको गुनासो धेरैले गर्नुहुन्छ। परिस्थिति त्यस्तै थियो भनेर बुझि’दिनुहुन अनुरोध गर्छु।’

देवकोटाले आफ्नो जिम्मे’वारी हेरफेर भएको र नयाँ जिम्मे’वारीमा गएको लाइभ अपडेटमै जानकारी दिएका हुन्। ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मेरो जिम्मेवारी हेरफेर भएको छ।

अब म गुणस्तर तथा नियमन महा’शाखाकाको प्रमुखको रुपमा काम गर्नेछु’, उनले आफू बिदा भएको’बारे जानकारी दिँदै भने, ‘प्रवक्ताको रुपमा हाल परोपकार प्रसूति अस्पताल’का निर्देशक डा. जागेश्वर गौतमले जिम्मेवारी सम्हाल्नु हुनेछ। उहाँ भोलि’देखि लाइभ अपडेटमा आउनु हुनेछ।’

लाइभ अपडेट निरन्तर हुने भन्दै उनले नयाँ प्रवक्तालाई सहयोग गर्नसमेत आग्रह गरे। ‘लाइभ व्यवस्था गर्न मन्त्री, राज्यमन्त्री र साथीहरुको योगदान छ। हामीले सुरु गर्यौँ। निरन्तर सहयोग गरि’दिनुहोला। नयाँ आउने प्रवक्तालाई सहयोग गरि’दिनुहोला।

म भन्दा अझ धेरै सहयोग गर्नुहोला’, देवकोटा’ले अन्तिममा भने, ‘यहाँहरु’बाट आज र अबदेखि प्रवक्ताको रुपमा लाइभमा बाहेक अन्य हिसाबले जोडिने प्रति’वद्धता व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद ।’ – अन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस्