Saturday, September 23

भोलि जेठ २७ गते मंगलबारको राशिफल हेर्नुहोस्

June 8, 2020 1969

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयो’गले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योज’ना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)- स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काम’मा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। शुभचि’न्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने स’मय रहेकाले गोपनी’यतामा ध्यान पुर्याउनुहोला। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)- प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ अवसर’ले काममा उत्साह जगाउनेछ। व्यवसा’यका लागि सम्भावना खोजी गर्ने समय छ। रमाइलो यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफु’ल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पर्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- प्रतिस्पर्धामा उत्रनुपरे पनि स्वास्थ्य’सम्बन्धी चिन्ताले सता’उन सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिला’उनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामो यात्रा’को प्रक्रिया अघि बढ्नेछ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- अध्ययनमा राम्रो प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। शुभचि’न्तकहरूले साथ दिनेछन्। प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदा’को स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयो’गले फाइदा उठाउन सकिनेछ।

कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)- परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। तापनि, मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। रोकिएका काम’मा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुने’छ। भूमि तथा पशुधनबाट पनि फाइदा मिल्नेछ। टाढिएका आ’फन्त नजिकि’नेछन्। मिहिनेतले राम्रो लाभ दिलाउनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुपर्ला।

तुला(र, रि, रु, रे, रो, ता, ति, तु, ते)- परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। आवेशमा काम गर्दा विवा’दमा परिनेछ। दाजुभाइमा केही असमझदारी देखापर्न सक्छ। आफ्नो मिहिनेतबाट अरूले समेत फाइदा उठाउने चेष्टा गर्ने’छन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अवसर र व्यवधानका बीच’बाट कर्मयोग अघि बढ्नेछ। लगनशीलताले अप्ठ्यारा परिस्थितिसमेत सहज बन्नेछन्।

वृश्चिक(तो, ना, नि, नु, ने, नो, या, यि, यु)- बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्ने’छ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरी’लाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम, दाम र इनाम प्राप्त हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)- रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अव’सरले प्रसन्नता दिला’उनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जम’घटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ।

मकर(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)-भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसा’उन सक्छन्। तापनि, समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। चुनौती पन्छाउँदै रोकि’एका काम बनाउन सकिने’छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खो’जीमा केही दौडधुप गर्नुपर्ला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)- दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापा’रमा राम्रै फड्को मार्न सकिनेछ। छोटो सम’यमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने आर्थिक साझेदा’रीबाट पनि मनग्गे लाभ मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)-पुरा’ना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत पनि प्राप्त हुनेछ। तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रो’किन सक्छन्। सामाजिक उत्तरदायि’त्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, सज’ग रहनुहोला।
तपाईंको दिन सुभ रहोस्।।

प्रतिकृया दिनुहोस्