मंगलबार नेपालमा थप ३२३ ज’नामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दियो। स्वास्थ्य तथा जन’संख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौ’तमका अनुसार ३१ महिलासहित २९२ पुरुष गरी थप ३२३ जनामा कोरोना संक्र’मण पुष्टि भएको हो।
मंगलबार थपिएका’सहित नेपालमा संक्रमित’को संख्या ४ हजार ८५ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।मंगलबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमित भेटिएका छन्। तर उनीहरु कुन जिल्ला’का हुन् भन्ने चाँहि प्रवक्ता गौतमले खुलाएनन्।
यस्तै कोशी अस्पता’लमा गरिएको परीक्षण’मा इलामका १ जनामा कोरोना संक्रमित भेटिएका छन्। इलाममा पहिलोपटक कोरोना संक्रमित भेटिएको हो। धरानस्थित बिपी कोइ’राला स्वास्थ्य विज्ञान प्रतिष्ठा’नमा गरिएको परीक्षणमा सुनसरीका १ र सप्तरीका ६ जनामा कोरोना संक्र’मण पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिए।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशा’ला भरतुपरमा गरिएको परीक्षणमा चितवनका २४, नवलपुरका ३, धादिङका १, कपिलवस्तुका १ र सप्तरीका एक जनामा पनि कोरोना संक्रमण भेटि’एको उनले बताए।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा म्याग्दीका १, नवलपरासीका १२ र बाग्लुङका ११ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ। यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशा’लामा धनुषाका २१, महोत्तरीका १९ र सर्लाहीका १ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा दाङका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कर्णाली स्वास्थ्य वि’ज्ञान प्रतिष्ठानमा २ जनामा संक्रमण देखिएको छ।
सुर्खेतको प्रयोगशालामा सल्यानका १२ र सुर्खेतका ४ जनामा कोरोना संक्रमित पुष्टि भएका छन्। सेती अस्पतालको प्रयोग’शालामा दार्चुलाका १०, कञ्चनपुरका १९, डडेल्धुराका ७ र कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्ष’णमा रुपन्देहीका २२ जना र कपिल’वस्तुका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोग’शाला टेकुमा गरिएको परीक्षणमा धनुषामा २४, कपिलवस्तुका ७, महोत्तरीका ३१, नवलपरासी पश्चिमका १२ जना, नुवाकोटका २ जना, रौतहटका २१ जना, सर्लाही’का १६ र सिराहाका १२ जनामा पनि मंगलबार कोरोना संक्र’मण पुष्टि भएको छ।
नेपालमा हालसम्म ५८४ जना उपचारपछि निको भएका छन्। प्रवक्ता डा गौतमका अनुसार हाल’सम्म देशका ७२ जिल्लामा संक्र’मण देखिएको छ। – नेपाल लाईभ
प्रतिकृया दिनुहोस्