Tuesday, January 19

विवाह’को दुई वर्षमै बिधवा बनिन् नायिका मेघना

June 10, 2020 1489

कन्नड फिल्मका चर्चित अभिनेता चिरञ्जिवी सर्जाको हृदयघा’तका कारण निध’न भयो । उनी ३९ वर्षका थिए । निधनपछि उनको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जली’का लागि घर पुर्याइको छ । चिरञ्जिवीको निधनप’छि सोसल मिडियामा उनका प्रशंसकले उनलाई श्रद्धाञ्ज’ली दिइरहेका छन् । यसका साथै चिरञ्जिवि सर्जा र नायिका मेघना राजको तस्बिर धेरैले शेयर गरिरहेका छन् ।

भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार नायिका मेघना राज गर्भवती छिन् । उनको फार्महाउसबाट सार्वजनिक भएको उनको तस्बिरमा मेघ’नाको तस्बिर देखेर यस्तो अडकलबाजी गरिएको हो । यी दुईको विवाह दुई वर्ष अघि २०१८ को मे २ तारिखमा भएको थियो । यी दुईले क्याथोलिक रितिरिवाजमार्फत् विवाह गरेपछि हिन्दु रितिरिवाजमा पनि विवाह गरेका थिए । मेघना र चिरञ्जिविले १० वर्ष डेट गरेपछि विवाह गरेका थिए ।

उनी कन्नडा फिल्म उद्योगमा सफल कलाकार हुन् । उनले ३९ वर्षकै उमेरमा ज्या’ न गुमाएका छन् । भारतीय सञ्चारमाध्यममा प्रकाशित भएका समाचारको अनुसार उनले छा’ती दुख्यो भनेर भनेका थिए, उनलाई तत्कालै बेङगलरुको जयनगरमा रहेको सागर अस्पतालमा भर्ना गरिएको थियो । तर डाक्टरले उनलाई बचा’उन नसकेको दुखद् खबर दिए ।

भारतीय सञ्चार माध्यमका अनुसार दिउँसो करिब १ बजे उनी फोनमा आफ्ना पितासँग कुरा गरिरहेका बेला उनलाई पसिना आउन थाल्यो र उनी अचान’क ढले । उनलाई तत्काल अस्पताल पुर्याइयो जहाँ उनलाई मृ’त घोषित गरियो । बिश्व नै कोरोना भाइरसबाट ग्रसि’त भएको हुनाले डाक्टरले उनको स्वाव संकलन गरेर परीक्षण गर्न पठाएको बताएका छन् तर परिक्षणको नतिजा भने आइसकेको छैन ।

मुख्यमन्त्री येदिरुप्पाले हिजो राति ट्विटमा लेखेका छन्,- “लोकप्रिय कन्‍नाडा कलाकार चिरञ्‍जीवी सर्जाको निधन’को दुखद् खबर पाउँदा स्त’ब्ध भएको छु, उनीप्रति हार्दिक श्रद्धाञ्‍ज’ली अर्पण गर्दै परिवारमा यस दुःखको घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै प्रार्थना गर्दछु।”

फिल्मी परिवार’सँग सम्बन्ध राख्ने चिरञ्जिवीले सन् २००९ मा कन्नड फिल्म ‘वायुपुत्र’ मार्फत् डेब्यू गरेका थिए । आफ्नो करि’यरमा उनले ‘अम्मा आई लभ यु’लगायत २० वटा फिल्ममा उनले मुख्य अभिनेताको भूमिका वहन गरेका थिए। २२ वटा कन्नड फिल्ममा काम गरे ।

उनी बलिउडमा चिरुको नामले प्रख्यात थिए । उनले २२ वटा भन्दा बढी फिल्ममा अभिनय गरिसका छन् । उनले कन्नडा फिल्महरु अध्या, खाकीँ, सिङगा, अम्मा, आइलभ यु, प्रेमा बरहा, वायुपुत्र लगायतका फिल्ममा अभिनय गरेका थिए ।

उनको अन्तिम फिल्म भने शिव’र्जुन रहेको बताइएको छ । अहिले बलिउड लकडाउनको मार र शोकमा डुबेको छ । बलिउड कलाकार चिरञ्जिवी सार्जाको निध’नले बलिउड शो’कमा डुबेको छ । – निपोल न्युज

प्रतिकृया दिनुहोस्