June 10, 2020 3976
आइतबारबाट कोरोनाबार सुरु भएको सुनको भाउ दिनप्रतिदिन बढ्दै गएको छ । आइतबार साढे १० हजार बढेको सुन आज बुधबारपनि तोलाको ९ सय रुपैयाँ बढेको छ ।
आज बुधबार, छापावाल सुन प्रतितोला ८८ हजार ६०० रुपैयाँ पुगेको छ । हिजो १ सयले घटेको छापावाल सुनको मूल्य आज ९ सय ले बढेको हो । तेजावी सुन प्रतितोला ८८ हजार १६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार, छापावाल सुन ८७ हजार ७०० तथा तेजावी सुन प्रतितोला ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको भाउ ९३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिकृया दिनुहोस्