धेरै नेपालीको दैनिकी चियाबाट सुरु हुन्छ । चिया नेपाली संस्कृति नै बनिसकेको छ । चिया तयार नपा’र्ने घर सायदै हुन्छ । कतिपयलाई त कैयौँ कप चिया पिउँदासमेत धित मर्दैन ।
जुन स्वस्थकर छैन । खाली पेट चिया पिउनाले त शरी’रमा गम्भीर असर’समेत पुर्याउन सक्छ । यस्ता छन् खाली पेट चिया पिउनुका ख’तरा :
१. कतिपयले चियासँगै दूध पनि खाइ’रहेको भन्दै यसलाई स्वस्थकर मान्छन् । तर, यसमा पूर्ण सत्यता छैन । खाली पेट दूध’चिया पिउनाले शरीरलाई थकान मह’सुस गराउँछ ।
२. कतिपयले कम दूध राखेर चिया पिउने गरेका हुन्छन् । दूधचियाले असर पार्छ भन्दै कालो चिया पिउने’को संख्या ठूलो छ । तर, कालो चियामा भएको पत्तीले पनि पाचन प्रणाली’मा असर पुर्याउँछ । त्यसैले चियाभन्दा पहिला पानी पिउनु राम्रो मानिन्छ ।
३. चियामा टेनिन हुन्छ, जसले शरीरमा भएको आइरन’सँग रियाक्ट गर्छ । जसकारण खाना’पछि चिया पिउनाले शरीर’मा भएको पोषण तत्वलाई नष्ट गर्न सक्छ ।
४. तपाईं दिनमा ४–५ कप चिया पिउनु’हुन्छ भने यस्तो बानी सुधार गरि:हाल्नुस् । निकै तातो चिया पिउँदा पनि स्वास्थ्य’लाई राम्रो गर्दैन । यसो गर्दा मानिसमा फुड पाइप या घाँटीको क्यान्सर’को सम्भावना बढाउँछ ।
५. चियामा एसिड’को मात्रा बढी हुन्छ । त्यसैले यसले शरीरमा ग्यास्ट्रिक त बनाउँछ नै, खाली पेट चिया पिउँदा अल्सर’को समस्या पनि बढ्दै जान्छ । – हेल्थ खबर
प्रतिकृया दिनुहोस्