Saturday, September 23

आज थप २७९ जना संक्रमित थपिए, कुन जिल्लामा कति ? हेर्नुहोस्

June 10, 2020 1761

बुधबार नेपालमा थप २७९ जनामा कोरोना भाइरसको संक्रम’ण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७९ जनामा कोरोना भाइर’सको संक्रम’ण पोजेटिभ देखिएको हो।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशा’ला विराटनगरमा गरिएको परीक्ष’णमा मोरङका ८ जना र झापाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जान’कारी मन्त्रालयले दिएको छ। यस्तै, कोशी अस्तपालको प्रयोगशालामा झापाका ४ र उदय’पुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

चितवन भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २ जनामा संक्रमण पुष्टि भएको छ भने प्रादेशिक जनस्वा’स्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा नवलपरासीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, प्रादेशिक जनस्वा’स्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका २ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्ष’णमा कपिलवस्तुका ७, नवलपरासी (पश्चिम)का ५, पाल्पाका १२, प्युठानका ५, रुपन्देहीका ७ जनामा यसको संक्रमण पुष्टि भएको छ। यस्तै गरी बाँकेस्थित भेरी अस्पतालको प्रयोगशालमा बाँ’केका ३ र बर्दियका १ जनामा कोरोना संक्रम’ण पुष्टि भएको छ।

धरानस्थित विपि कोइराला स्वा’स्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ। यसैगरी, सुर्खेतको प्रयोगशालामा दैलेखका २५, जाजर’कोटका २, सुर्खेतका ९ जनामा कोरोना पोजेटिभ देखिएको छ। यसैगरी, सेती अस्पतालको प्रयोगशालामा दार्चुलाका १, कैलालीका १२, कञ्चनपुरका २ जना र डडेल्धुराका १ जनाको समेत कोरोना पो’जेटिभ रिपोर्ट निस्किएको छ।

काभ्रेको धुलिखेल अस्पताल प्रयोगशा’लामा सर्लाहीका १० र कपिलवस्तुका १९ जनामा कोरोना संक्रमण देखिएको छ भने टेकु अस्तपालको प्रयोगशालामा धादिङका १६ जनामा कोरोना संक्र’मण पाइएको छ।

यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोग’शालामा गरिएको परीक्ष’णमा धनुषाका ११, गोरखाका ४, कपिलवस्तुका २२, नुवाटकोटका १, रौतहटका ५३, सर्लाहीका १५, सिन्धुलीका २, सिराहाका १ र उदयपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार थपिएका २७९ सहित ने’पालमा संक्रमि’तको संख्या ४ हजार ३ सय ६४ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। नेपालमा हालसम्म ६७४ जना उपचा’रपछि निको भए’का छन्। पछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज’ भएका हुन्। – नेपाल लाईभ

प्रतिकृया दिनुहोस्