रुपन्देही तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको ह’त्या गर्ने व्यक्ति सोही फर्मका कामदार रहेको खुलेको छ । ह’त्या आरोपमा सुर्खेतका झपेन्द्र सिञ्जाली पक्राउ परेका छन् ।
रुपन्देही प्र’हरीका एस’पी हेम थापाका अनुसार ह’त्या भएकामध्ये तीन जना पनि सोही फर्मका कामदार’हरू हुन । दुई जना भने स्थानीय हुन् ।
मृतक’हरूमा एक महिला र चार पुरूष रहेका छन् । घटना’मा मारिने:मा माधव मुसहर, जानकी मुसहर, पोसराज मुसहर, करूण चौधरी र आशिष चौधरी रहेको प्रहरीले बताएपनि उनीहरूको पूरा परिचय अझै खुलेको छैन । फर्म स्थानीय कृष्ण पुनको हो ।
प्रहरीको प्रा’रम्भिक अनुसन्धान अनुसार राति ह’त्या गरेर सिञ्जालीले पाँचै जनाकाे श’वलाई तन्नाले बेरेका थिए ।
सिञ्जालीले कोदालो प्र’हार गरीे ह’त्या गरेको प्रहरी अनुमान छ । घ’टनास्थलमा अहिले रुपन्देही प्रहरीका एसपी हेम थापाको नेतृत्वमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले घ’टनाको सुक्ष्म अ”ध्ययनका लागि प्रहरी टोली घटनास्थ’लमा खटिएको बताउनुभयो ।
स्थानीयले सिञ्जाली मानसिक सन्तुलन गु’माएका व्यक्ति रहेको जनाएका छन् । फर्म सञ्चालक पुनले बिहान पौने पाँच बजे दूध लिन आउँदा घ’टना देखेका थिए । ह’त्या आरोपी सिञ्जालीले राती ९.०० बजे खाना खाएर फर्ममा आउँदा र’क्सी बोकेर आएकाे स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । – तुफान न्युज) हेर्नुहोस…
प्रतिकृया दिनुहोस्