उत्तर प्रदेशको प्राथमिक शिक्षा विभागमा कथि’त रुपमा २५ वटा विद्यालयमा एकैसाथ पढा’उने शिक्षिका अनामिका शुक्लालाई कासगंज इलाकाबाट शनिबार पक्राउ गरिएको छ ।
अनामिका शुक्लालाई प्राथमिक शिक्षा विभागले नोटिस पठाएका थिए तर नोटिसको जवाफ दिनुको सा’टो उनी राजीनामा दिन पुगेकी थिइन् जहाँबाट उनलाई नाटकीय ढङ्गमा पक्रा’उ गरिएको थियो ।
कासगंजकी प्राथमिक शिक्षा अधिकारी अञ्जली अग्रवाल’ले बीबीसीलाई भनिन्, ‘यसबारे जानकारी आएपछि हामीले अनामि’का शुक्ला नामकी यी शिक्षिकालाई नोटिस पठाएका थियौं ।
शनिबार उनले एक व्यक्तिमार्फत् आफ्नो राजीना’मा पठाइन् । सोधपुछ गर्दा थाहा भयो कि उनी आफैंपनि हाम्रो कार्यालय बाहिर आएकी छिन् । यसबारे हामीले प्रहरीललाई सो’धपुछ गर्यौं र प्रहरीले उनलाई पक्राउ गरेको हो ।’
गिरफ्तार भएपछि शिक्षिकाले त्यहाँ उपस्थित पत्रकार’सँग आफ्नो नाम अनामिका सिंह बताइन् र पछि प्रहरीलाई भने अर्कै नाम बताइन् ।
अनामिका शुक्लाले धोकापूर्ण तरिकाले यत्तिका विद्यालयमा एकैपटक काम गरेर एक वर्षमा एक करोड बढी तलब लिएको आरोप’ छ ।
पक्राउ परेकी अनामिका शुक्ला कासगंज जिल्ला’को कस्तूरबा विद्यालय फरिदपुरमा विज्ञानकी शिक्षिकाको रुपमा करिब डेढ वर्ष कार्यरत छिन् ।
शुक्रबार प्राथमिक शिक्षा अधिकारी अञ्जली अग्रवालले उनको तलबमा रोक लगाउँदै नोटिस जारी गरेकी थिइन् । कस्तुरबा विद्यालयमा शिक्षकको नियुक्ति सम्झौताको आधारमा हुन्छ र हरेक महिना उनीहरु’ले ३० हजार भारु तलब पाउँछन् ।
उनको यस्तो व्यवहार त्यतिबेला सार्वजनि’क भयो जब प्राथमिक शिक्षा विभागले शिक्ष’कको डेटा’बेस तयार गर्न सुरु गरे । यतिबो विभागले अनामिका शुक्लाको नाम २५ वटा विद्या’लयको सूचीमा पाए ।- बीबीसी
प्रतिकृया दिनुहोस्