Sunday, September 24

सुनको मुल्यले बनायो नयाँ रेकर्ड, हेर्नुस् कतिमा भयो कारोवार ?

June 11, 2020 5179

यति लामो लकडाउन पछि खुलेको सुन वजारले अहिले सम्मकै महंगो रेकर्ड बनाएको छ । नेपाली बजारमा सुन’को मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सरकारले बुधवार राति गरेको लक’डाउन खुकुलो बनाउने निर्णयसंगै खुलेको वजारमा सुनले नयाँ रेकर्ड बनाएको हो ।

बिहीबार सुन तोलाको ८९ हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।तेजावी सुनको मूल्य ८९ हजार १६५ रुपैयाँ कायम गरिएको छ।

चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भए’को सुनचाँदी ब्यवसायीले जनाएका छन् । बिहीबार चाँदी तोलाको ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। गत वर्ष आजकै दिन सुन तोलाको ६२ हजार ३ सय रुपैयाँमा र चाँदी तोलाको ७१५ रुपैयाँमा का’रोबार भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघले लकडाउन लागू भएदेखि (चैत ११ गतेदेखि) साढे दुई महिनापछि जेठ २५ गतेबाट सुन(चाँदीको कारोबार पुन सुरु गरेको थियो।

सोही दिन सुन तोलाको ८७ हजार ४ सय र चाँदी’को ९२५ रुपैयाँमा कारोबार भएको थियो। लक’डाउन खुकुलो बना’उने सरकारी निर्णय संगै वजार भाउ महंगो भएर सुनको मुख्य कायम भएको हो ।

प्रतिकृया दिनुहोस्