कुवेतबाट नेपाली लिएर आज दुईवटा जहाज मध्य एउटा काठमाण्डौ आईपुगेको छ ।कुवेत सरकारले आह्वान गरेको आम’माफीमा सहभागी तीनसय जना महिला’लाई लिएर आज दुबै जहाँजा उडेका हुन्।
कुवेतमा आममाफीमा सहभागी नेपालीलाई लिएर पहिलो जहाज नेपाल आईपुगेको छ भने दोस्रो जहाज १ बजेर ३० मिनेटमा त्रिभुवन विमानस्थल’मा आइपुग्ने नाग’रिक उड्डयन प्राधि’करणका प्रवक्ता राजकुमार क्षेत्रीले जनाकारी दिनुभयो ।
कोभिड १९ क्राइसिस म्यानेजमेण्ट कमिटि’ले दिउँसो ३ बजेअघि नै नेपाली लिएर आउने जहाज विमानस्थलमा आवतरण गरिसक्न पर्ने भनेको छ । आममाफीमा सहभागीमध्ये कुवेतबाट महिला’लाई प्राथमिकतामा राखेर नेपाल पठाइएको छ ।
कुवेत सरकारले भिसा नवी’करण नगरेका र रोजगारदाता परिवर्तन गर्दा जरिवाना तिर्नुपर्ने नेपालसहित विभिन्न देशका विदेशी नागरिकलाई आममाफीमा सहभागी गराएर आफ्नै जहाज’मार्फत आफ्नै खर्चमा नेपालसम्म ल्याइदिन लागेको हो ।
आममाफी सहभागी झण्डै तीन हजार जना नेपाली गएको अप्रिल ३० देखि कुवेत सरकारले नै व्यवस्थापन गरेको सेल्टरमा बस्दै आएका छन् । उनीहरुलाई बस्न र खानको व्यवस्था कुवेत सरकार’ले नै गरेको छ ।
यस्तै कुवेतबाट प्राथमिकतामा परेका नेपाली’लाई ल्याउनका लागि अर्को उडान असार २ गते, ५ गते, ७ गते र १० गते हुने तय भएको छ ।
प्रतिकृया दिनुहोस्