Sunday, April 18

आज थप २५० जना संक्रमित थपिए, कुन जिल्लामा कति ? हेर्नुहोस्

June 11, 2020 1201

बिहीबार नेपालमा थप २५० जनामा कोरोना भाइर’सको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यले जानकारी दियो। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २५० जनामा को’रोना भाइरसको संक्रमण पोजेटिभ देखि’एको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

डा जागेश्वर गौतमका अनुसार २० महिलासहित २३० पुरुषमा बुधबार कोरोना संक्रमण देखिएको हो। प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सुनसरीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने नारायणी अस्पतालमा गरिएको परीक्षणमा रौतहटका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

हेटौँडाको प्रयोगशालामा गरिएको परीक्षणमा बारा र धादिङका सात सात जना गरी १४ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका २, रौतहटका १५, महत्तरीका ४ जनामा समेत संक्रमण पुष्टि भएको छ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रति”ष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ९, कोशी अस्पताल विराटनगरमा झापाका ३ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा दाङका ८ जनामा संक्रमण पाइएको छ।

भेरी अस्पतालको प्रयोशा’लामा गरिए’को परीक्षणमा रोल्लाका १४ नजाका साथै बाँकेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतको प्रयोगशालामा गरिएको परीक्ष’णमा दैलेखका ४८ र सुर्खेतका ७ जना कोरोना संक्रमित देखिएका छन्।

यस्तैगरी प्रादेशिक जनस्वास्थ्य प्रयो’गशाला रुपन्देहीमा कपिलवस्तुका १, प्युठानका ४ र रुपन्देही’का २९ जना संक्रमित पाइएको मन्त्रालयले जनाएको छ।

सेती अस्पतालको प्रयो’गशालामा कैला’लीका ७, बाजुराका १८, बझाङका २ जनामा संक्रमण पाइएको छ। धुलिखेल अस्पतालको प्रयोगशालामा नवलप’रासी पश्चिमका ६ जनामा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रौतहटका ३९ जनाका साथै कपिल’वस्तुका १ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ।

हालसम्म १ लाख १५ हजार ९ सय ३० जनाको आरटीपिसिआर परीक्षण गरिएको छ। बिही’बार मात्रै ५ हजार १ सय ९४ जनामा कोरोनाको पिसिआर परीक्षण गरिएको मन्त्राल’यले जानकारी दिएको छ।
बिहीबार थपिएकासहित नेपालमा संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। नेपालमा हालसम्म ८६१ जना उपचारपछि निको भए’का छन्।

प्रवक्ता डा गौतमका अनु’सार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ। हालसम्म यस’बाट संक्रमित भएर १५ जनाको भने यसबाटै मृत्यु भएको छ।- नेपाल लाईभ

प्रतिकृया दिनुहोस्