तत्कालिन राजा त्रिभुवनकी छोरी नलिनी राज्यलक्ष्मी’देवी सिंहको ९५ वर्षको उमेरमा निध’न भएको छ । उनी भारतको नयाँ दिल्लीमा बस्दै आएकी थिइन् ।
उनको आफ्नै निवासमा बिहीबार निधन भएको छ। तत्कालिन राजकुमारी नलिनी मुटु सम्बन्धी समस्यामा”थिइन् । सोही रोगका कारण उनको ९५ वर्षको उमेरमा निध’न भएको हो।
उनकी भतिजी तथा बशुन्धरा बिक्रम शाहकी छोरी ज्योती सिंह शाहले उनको नि’धन भएको गरेकी छन् । तत्कालिन राजकुमारी नलिनीलाई लामो समयदे’खि मुटुसम्बन्धी स्वास्थ्य स’मस्या रहेको पनि उनले जानकारी दिएकी छन् ।
राजा त्रिभुवन र रानी इश्वरी राज्यलक्ष्मी शाहकी छोरी नलि’नीको सेप्टेम्बर २४, १९२४ मा जन्म भएको हो। उनको पुन्च काश्मिरका तत्कालिन राजासँग बिहे भएपछि भार’तमै बस्दै आएकी थिइन् ।
उनका दुई छोरा र तीन छोरी छन्। राजा महेन्द्रका सात सन्तान – महेन्द्र, हिमालय, बसुन्धरा, त्रैलोक्य, विजया, भारती र नलिनी– मध्ये अब भारती मात्र जीवित छन्। तत्कालिन राजकुमारी भारतीको पनि भारतकै एक राज’कीय परिवारमा बिबा’ह भएको हो। सात सन्तानमध्ये महेन्द्रका चार छोरी हुन्। – ताजा खबर
प्रतिकृया दिनुहोस्