Friday, October 15

माइतीघरमा देखियो अनौठो दृश्य, प्रदर्शनकारी तर्फ फर्केर प्रहरीले गरे स्यालुट

June 13, 2020 3971

काठमाडौंको माइतीघर मण्डलामा कहिल्यै नभएको दृष्य शनिवार देखिएको छ । सँधै प्रदर्शनकारीलाई हस्तक्षेप गर्ने प्रहरी नै प्रदर्शनकारीलाई स्यालुट गरेको दृष्य निकै रोचक थियो । नियमित विरो’धको कार्यक्रम अनुसार शनिवार विहान १० देखि ११ वजेसम्म आन्दोलनको कार्यक्रम थियो ।

काठमाडौंको वालुवाटार, बशन्तपुर लगाय’तका क्षेत्रमा भएका प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको थियो । माइतीघर मण्डलामा शविार हुने भनिएको विरोध कार्यक्रममा पनि ब्यवस्थापनका लागि भन्दै प्रहरी पुगेको थियो । त्यहाँ प्रदर्शनकारी र प्रहरीबीच घम्सा’घम्सी हुने अनुमान सबैले गरेका थिए ।

तर प्रदर्शनकारी भने शनिवारको प्रदर्श’नमा हात’मा फूल लिएर सडकमा निस्किए । केही दिन यता उनीहरुको प्रदर्शन अराजक बन्दै गएको आरोप लागिरहेको बेलामा शनिवार भने उनीहरु लाइ’नमा बसेर विरोध गरे। प्रदर्शनकारी संयम देखिए’पछि प्रहरीले पनि खासै लाठी चलाउनु परेन। तर पनि सम्भावित झ’डपलाई लिए’र प्रहरी भने चना’खो थियो । यसैबीचमा अचानक अनौठो दृष्यि देखियो ।

एक जना युवकले हातमा माइक लिए अनि राष्ट्रगान गाउन लागे । उनीसंंगै अन्य सहभागीले पनि स्वरमा स्वर मि’लाए । प्रदर्शनकारीलाई ब्यवस्थापन गर्न पुगेको प्रहरी टोली’ले देखाए अनौठो दृष्य ।

जव प्रदर्शनकारीले एउटै स्वरमा सयौं थुंगा फुलमा हामी एउटै माला नेपाली गाउन थाले प्रर्दशनलाई नियन्त्र’ण गर्ने पुगेका प्रहरी पनि रोकिए, एउटै पङ्क्तिमा रहेर सेल्युट गरे।

प्रदर्शनका’रीले राष्ट्रीय गीत गाउने अनि प्रहरीले लाइनै उभिएर स्यालुट गर्ने यो विरलै देखिने दृष्यले वरपरका सबै’लाई अचम्म बनायो । आन्दोलनलाई नियन्त्रण गर्न पुगे’का एसपी सुमेन्द्र सिंह राठौरले प्रदर्शन’कारीलाई स्यालुट गर्दै उभीएपछि अन्य प्रहरीले पनि उनकै लय पछ्याए ।

राठोरले राष्ट्रिय गान बज्न थाले’पछि सेल्युट गरे। त्यसपछि बाँकी प्रहरीले पनि साथ दिए। उनीहरुले सँगै राष्ट्रिय गान पनि गाए। आन्दोलन सकियो। प्रहरी पनि आफ्नो बाटो लागे ।’ – नेपाली भाइरल न्युज

प्रतिकृया दिनुहोस्