नेपालका लागि नोकिया मोबाइ’लको आधिकारीक वितरक टेलिटक प्रालिले कम मूल्यको स्तरीय फोरजी स्मा’र्टफोन ‘नोकिया सी-टु’बजारमा ल्याएको छ। उत्कृष्ट एचडी डिस्प्ले, आकर्षक बनावट र पर्याप्त स्टोरेज क्षमता भएको’ले यो मोबा’इल अन्य प्रति’स्पर्धीका तुलना’मा कम मूल्यको र राम्रो हुने कम्पनीको दाबी छ।
नोकिया सी टु–फोजी स्मार्ट’फोनमा ५.७ इन्चको एचडी प्लस आईपीएस डिस्प्ले स्क्रिन छ। जसलाई ट’फन ग्लासद्वारा सुर’क्षित गरिएको हुनाले छिट्टै कोरिने र फुट्ने डर कम हुन्छ।
यसमा एन्ड्रोइड ९ पीईआई (गो इडिसन) अप’रेटिङ सिस्टम छ, जुन गो एप्स चलाउनको लागी उत्कृष्ट अप’रेटिङ सिस्टम हो। गो एप्सले कम डाटा खपत गर्छ र कम स्टोरेज स्पेस लिने कम्पनी’ले जनाएको छ।
यसमा माइक्रो एसडी का’र्डद्धारा ६४ जिबीसम्म स्टोरेज बढाउन सकिने क्षमता छ। साथै यसमा भ्वाइस असिस्टेन्ट एप’को लागि डेडिकेटेड गुगल असिस्टेन्ट बटन पनि छ। यो स्मार्ट’फोनमा बदल्न मिल्ने २८०० एमएएचको ब्याट्री छ।
स्मार्टफोनमा पछाडि ५ मेगा’पिक्सेल अटोफोकस क्यामरा र फ्ल्यास् लाइट, सेल्फीको लागी पनि ५ मेगापि’क्सेल क्यामरा, सेन्सर एलईडी फ्ल्यास् लाइट रहेको छ। यसमा अन्य नोकिया स्मार्ट फोनहरुमा जस्तै स्ट्यान्डर्ड क्यामरा फिचरहरु रहेको छ।
नोकिया सी२–फोरजी स्मार्टफोनको बजा’र मूल्य ९ हजार ३ सय पर्ने कम्पनीले जनाएको छ। नोकि’याका फिचर फोनहरु र नोकिया सी१ स्मार्टफोनमा ३६५ दिनको रिप्लेस्मेन्ट ग्यारे’न्टि उपलब्ध छन्। – नेपाल लाईभ
प्रतिकृया दिनुहोस्