पूर्वी चितवनको राप्ती नगरपा’लिका ४ वेलुवाका किसानले लगा’एको धान उत्पादन नभएप’छि आइतबार ट्याक्टर लगाएर धानको बोटसहित जोतेका छन् ।स्थानीय कम’लप्रसाद तिवा’रीले २२ कठ्ठा जग्गामा लगाएको हर्दिनाथ ४२–४२ जातको धानमा रोग लागेपछि राखेर केही फाइदा नहुने भन्दै ट्याक्टर लगाएको किसान तिवारीले गुना’सो पोखे ।
तिवारीले २२ कट्ठा जग्गा ठेक्का’ लिएर खेती गर्दै आएका छन् । अहिले उनको खेतको सबै धानमा पपटा मात्रै रहेको छ । ती जग्गाबाट एक मुठी पनि धान आएको छैन ।’
जोताईदेखि रोग लागेपछि विषा’दी प्रयोग गर्दासम्म ५५ हजार रुपैयाँ खर्च गरेको तिवारी बताउँछन् । उनले प्रति कट्ठा २ हजार ५ सय रुपैयाँ वार्षिकरुपमा भाडा तिर्दै आएका छन् । उन’ले आफ्नो किसानी जीवनमा यसअघि यस्तो घटना कहिल्यै भोगेका थिएनन् ।
अघिल्लो वर्ष २२ कठ्ठामा ५५ क्वीन्ट’लसम्म धान उत्पादन भएको थियो । ‘तीन दिनमा सबै सखाप पा¥यो’ किसान तिवारीले भने ।उनकै साँधमा खेती गर्दै आएका वुद्धिराज खरे’लको पाँच कट्ठा जग्गामा पनि हर्दिनाथ–१ जातको धानमा यस्तै समस्या देखिए’को छ । उनले आगो लगाएर नष्ट गर्ने प्रयास गरे तर बोट हरियो भएकाले आगो लाग्न सकेन ।
उनले चैत १० गते धान रोपाई गरेका थिए । उनको पनि तीन दिनमै सबै सखाप भयो । ‘धान ‘झुल्दा राम्रो उत्पा’दन हुने आशा थियो’ किसान खरेलले भने, ‘पाँच कट्ठामा १६, १७ बोरा उत्पादन हुन्थ्यो, अहिले एउटा गेडो पनि नआउने भयो ।’
उनले धान रोप्दा ११ हजार रुपैयाँ खर्च भएको सुनाए । वेलुवाकै किसान राधिका क्षेत्रीले धान उत्पादन नभएप’नि परालका लागि भने धानको बोट काटेकी छन् । ठूलो मेसिनको प्रयोग गरेर उनले परा’लका लागि धानको बोट कटान गरेको ब’ताईन् ।
उनले १२ कट्ठा जग्गा ठेक्का’मा लिएका छन् । शुक्रबार परालका लागि धानको बोट काटिएको उनले सुनाइन् । यस अघि गत बर्ष देशभरका किसानहरुलाई गरीमा जातको धान’ले यस्तै विचल्ली बनाएको थियो । यो खबर केदार शर्मा नी न्युज२४ नेपाल मा लेखेका छन्।।
प्रतिकृया दिनुहोस्