भारत प्रवेश गर्न लाग्दा राष्ट्रिय जनता पार्टीकी सांसद सरिता गिरी नाका नजिकै रोकिएकी छिन् । उन’लाई नेपाली सुरक्षा’कर्मीले रोकेर फर्काइदिएका हुन् । सुरक्षा स्रोतका अनुसार भारत प्रवेश गर्न उनले निकै प्रयास गरेपनि सफल नभएपछि लाहा’नतर्फ फर्किएकी थिइन् ।
चालक र गाडी’सहित गिरी आज दिउँसो तीन बजे सिराहाको थाडीबाट भारतको विहारतर्फ प्रवेश गर्न लागेकी थिइन् । तर, लकडाउनको समयमा नाकाबाट जाने अनुमति नदिइ’एको भन्दै सुरक्षा’कर्मीले फर्काएको बुझिएको छ ।
सुरक्षागार्डलाई समेत छाडेर चालक’लाई लिएर गिरी भारत प्रस्थान गर्दै थिइन् । उनको माइती भारततर्फ पर्छ । घर सिराहामा छ ।
गिरी नाकामा रोकि’एपछि लाहान फर्किए’की थिइन् । त्यसपछि उनी धनुषातर्फ गएको बुझिएको छ ।
नेपालको नयाँ नक्शा’सहितको निशान छाप परिव’र्तनका लागि संविधान संशोधन प्रस्तावको विपक्ष’मा उभिएर गिरी विवादमा आएकी थिइन् । उनले प्रस्ता’वबारे मतदान पनि गरिनन् । गिरीले लिपुले’क नेपालको होइन भनी सार्वजनिक रुपमा अभि’व्यक्ति दिएकी थिइन् ।- रिपोर्टर्स क्लब
प्रतिकृया दिनुहोस्