विगत २४ घण्टा”यता नेपालमा थप ३५० जनामा कोरो’ना भाइरस’को संक्रमण देखिएको स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापा र पाँचथरका एक एक ज’नामा कोरोना संक्र’मण पाइएको छ।
यस्तै बिपी कोइराला स्वास्थ्य वि’ज्ञान प्रतिष्ठान धरानमा सुनसरी र सिराहाका २-२ जनामा कोरोना संक्रमण भए’को पाइएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार प्रादेशिक जनस्वा’स्थ्य प्रयोग’शाला जनकपुरमा रौतहटका ३८ जना र महोत्तरीका १७ जनामा समेत कोरोना संक्रमण पा’इएको छ भने नारायणी अस्पतालको प्रयोगशालामा पर्साका २ जनामा समेत कोरोना सं’क्रमण भएको पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोग’शाला पोखरामा गरिए’को परीक्षणमा गोरखाका १० नवलपरासी पूर्वका २, बागलुङका १, तनहुँका २, कास्कीका ३ र स्याङ्जाका ४ जनामा समेत कोरोना संक्रम’ण पुष्टि भएको छ।
सेती अस्पतालको प्रयोगशा’लामा गरिएको परीक्ष’णमा अछामका १, बैतडीका २१, डोटीका २०, कञ्चनपुरका ११, कैलालीका २३ जना समेत संक्रमित पाइएका छन्। भेरी अस्तपालको प्रयोगशाला परीक्षणमा बाँके १ र बर्दियाका ९ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ। यसैगरी राजविराजस्थि”त प्रयोगशालामा सप्तरीका ३ जनामा समेत कोरोना संक्रमण पाइएको ५। यस्तै भरतपुर अस्पतालको प्रयोगशा’लामा नवलपरासी पूर्वका १ जना समेत संक्रमित पाइएका छन्।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीको प्रयोगशा’लामा अर्घाखाँचीका ३ जना र रुपन्देहीका १ जनामा समेत कोरोना संक्रमण पाइएको छ। यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा दैले’खका ५ जना र सुर्खेतका ९ जनामा समेत कोरोना संक्रमण पाइ’एको छ। धुलिखेलको प्रयोगशाला धनुषाका २१ जना र रामेछापका १ जना समेत कोरोना संक्रमि’त पाइएका छन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठा’न दाङमा दाङका ५६ र सल्यानका १ जना संक्रमित पाइएका छन् भने राष्ट्रिय जनस्वा’स्थ्य प्रयोगशाला टेकुमा अर्घाखाँचीका ६, काठ’माडौंका १, महोत्तरीका ७२, मोरङका १, रौतहटका १४, रोल्पाका १, रुपन्देहीका ३ र सर्लाही’का १६ जनामा समेत कोरोना संक्रमित पाइएका छन्।
आज थपिएकासहित नेपालमा संक्रमि’तको संख्या ६५९१ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्र’मण देखिएको छ। नेपा’लमा सोमबारसम्म १९ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्राल’यले जानकारी दिएको छ। – नेपाल लाईभ (फाइल फोटो)
प्रतिकृया दिनुहोस्