बुधबार एकै दिन पाँच सय ८६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जन’संख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका’अनुसार बुधबार पाँच सय ८६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। योसँगै संक्र’मितको संख्या सात हजार एक सय ७७ पुगेको छ।
मन्त्रालयका अनुसार अहिले’सम्म पीसीआर विधिबाट एक लाख ४९ हजार ७ सय ७२ र आरडीटी विधिबाट दुई लाख ३३ हजार ५ सय ४३ जनाको नमुना परीक्षण गरिएको छ। संक्र’मितको संख्या ७१ सय ७७ पुग्दा ११ सय ६७ जनाले को’रोना जितेका छन्।
अहिले क्वारेन्टाइनमा एक लाख २५ हजार ७ सय ९८ जना’लाई राखिएको छ। मन्त्रालयका अनुसार पाँच हजार ९ सय ९० जनाको आइसोलेसनमा उपचार भइ’राखेको छ। बुधबार थप एक ज’नाको मृत्यु भएसँगै कोरोनाबाट मृ’त्यु हुनेको संख्या २० पुगेको हो।
बाँकेकी ४६ वर्षीया महि’लाको मृत्युपछि भएको पीसी’आर परीक्षणको रिपोर्ट पोजिटिभ आएको मन्त्रा’लयका प्रवक्ता गौतमले जा’नकारी दिए । कोरोना संक्रमण ७३ जिल्लामा फैलि’सकेको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको नमुना परीक्षणमा ५, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा वि’राटनगरमा ११, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २७, नारायणी अस्पताल वीर’गन्जमा ६, राष्ट्रिय जनस्वास्थ्य प्रयो’गशाला, काठमाडौंमा २६५, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा ९९ जनामा संक्रम’ण पुष्टी भएको छ ।
त्यस्तै त्रीवी शिक्षण अस्पताल, महा’राजगञ्जमा १, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा २०, प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही ५९, भेरी अस्पताल प्रयोग’शाला ३२, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ’मा ३३, प्रादेशिक अस्पताल, सुर्खेतमा ४, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा १४, सेती प्रादलेशीक अस्पतालमा ७ गरेर बुधबार ५८६ जनामा संक्र’मण पुष्टि भए’को हो। जसमध्ये ४० जना महिला छन् भने ५४६ जना पुरुष छन्। अन्नपुर्ण पोस्ट
प्रतिकृया दिनुहोस्