Friday, December 1

भोलि असार ४ गते बिहीबारको राशिफल हेर्नुहोस्….

June 17, 2020 1769

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) तपाईँको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छे’लाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । राज’नीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसा’धारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रशन्न हुनेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ भने लगानी गर्ने वातावरण टरेर जानेछ । भिडभा’डमा नजाने,सरस’फाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा अग्रजहरु’सँग विवाद सिर्जन हुनेछ । गैर न्ययि’क काम नगर्नुहोला दण्ड तथा जरिवाना हुने समय रहेकोछ । स्वास्थ्य’मा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । माया प्रेममा धोका हुनेछ भने पढाइ लेखाइ’मा मन नजादा अरुभन्दा पछि परिनेछ । भिड’भाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यवा’साय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका ला’गि समय राम्रो रहेकोछ । पैत्रिक धन तथा सम्पतिको प्र’योग मार्फत कृषिमा लगानी गर्न सकिनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचार’हरु जन’मानसमा लैजान सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पैत्रिक का’मबाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पतिको प्रयोग गरि कृषि तथा पशुपलानमा लगानी ग’र्न सकिनेछ । लक्ष्य प्राप्तीको लागि चालिने पाइलाहरु सकारात्मक दिशामा अगाडि बढ्ने’छन् । पढाइ लेखाइ अरुभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेकोछ । तरपनि भिड’भाडमा नजाने, सरसफाइमा ध्यान दिँ’दै स्वास्थ्यको ख्याल गर्नुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा राम्रो स्था’नमा स्थानान्तरण हुने योग रहेकोछ । पुराना काम सफ’लता पुर्वक सम्पन्न हुने हुनाले मन प्रशन्न हुनेछ । सानो सानो प्रयत्न गर्दा पनि मनग्गे आम्दानी हु’नेछ भने व्यापार व्यवसाय फस्टाएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशंग टाढै रहनुहोला प्रीय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वा’स्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ-नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सह:योग गर्दै अगि बढ्न सकि’नेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । आलश्य तथा अस्वस्थ’ताले लक्ष्यमा बिलम्ब हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफ’न्त तथा मामा माईजुबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने हुँदा अगाडि बढ्न सहज हुनेछ । पढ्ने लेख्ने का’ममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तपाईँसँग मनमु’टावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् । आलश्य तथा अस्वस्थ’ताले लक्ष्यमा बिलम्ब हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पति पत्नि’बीचको सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समा’जमा प्रभा’वशाली व्यक्तित्व विकासमा टेवा पुर्याउला । अध्ययनमा उच्चता हासिल होला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कम’जोर रहनेछ । राजनीति तथा समाज’सेवामा समय लगानी गरेपनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यव’सायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय’मा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) रमा’इला तथा मन मिल्ने साथीभाइहरु भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक विषयमा मन जानेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी काम’गर्न सकिनेछ । यात्रा स्थगित गर्नुहोला । भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्य’को ख्याल गर्नुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययन अध्याप’नमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठूला व्य’क्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्ब’न्धमा आत्मियताको बढोत्तरी हुने योग रहेकोछ । बन्द व्या’पारमा राम्रै फड्को मार्न सकिने समय रहेकोछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उ’त्तम रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्