लकडाउनमा सवारी’साधन नचले पनि संघीय सांसदहरुले बैठकमा सहभागी हुँदा यातायात भत्ता लिएको पाइएको छ । सरका:रले चैत ११ देखि मुलुकभर लकडाउन घोषणा गरेपछि यातायात ठप्प थियो । संसद्को छैटौं अधिवेशन चैत २६ मा सुरु भएको थियो ।
भाडाको ट्याक्सी नचल्ने र निजी गाडी रिजर्भ गरेर’समेत बैठकमा जान नसक्ने अवस्था भएपछि संसद् सचिवालयले सांस’दहरुका लागि गाडी व्यवस्था गरेको थियो । तर बैठकमा सहभागी भएबापत एक हजार र यातायात भत्ता’बापत एक हजार रुपै’याँका दरले अरू बेलाकै जसरी सांसदले भत्ता लिएका छन् ।
लक’डाउनका बेला संसद् बैठक चलिरहेकाले सचिवाल’यले सांसद ओसार्न चारवटा स्कारपियो गाडी व्यवस्था गरेको छ । सचिवालयका उच्च पदस्थ कर्मचारीले पनि बाटोमा पर्ने सांसद’लाई संसद् भवनसम्म पुर्याउने गरेका छन् ।
संसद् सचिवालय सिंहरदबारबाट संसद् भवन बानेश्वरसम्म बससमेत सञ्चालन गरिएको छ । धेरैजसो सांसद आफ्नै गाडीमा र गाडी नहुने केही सांसद अरूको गाडीमा चढेरसमेत संसद् भवन पुगिरहेका छन् । तर संसद् सचिवालयले यातायात खर्च दिइरहेको छ ।
कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामा स्रोत व्यवस्थापन गर्न सरकारी कर्मचारीको भत्ता कटौती भइस’केको छ । तर सांसदहरुले चैतमा बैठकसमेत नहुँदा पूरा तलबसँगै र अरू भत्ता पनि लिइसकेका छन् । सांसदले मासिक तलबबापत ६४ हजार रुपैयाँ पाउँछन् ।
हरेक बैठक (समितिको समे’त) मा उपस्थित भएबापत गाडी भाडा र बैठक भत्ता दि’इन्छ । सचिवा’लयका एक कर्मचारीले भने, ‘कारोनाकै कारण कर्मचारीले पाउने भत्ता काटिएको छ । सांसदहरुले भने गाडी नचल्दा पनि गाडी भाडा लिइर’हेका छन् । याे खबर कान्तिपुर दैनिकमा छ ।
प्रतिकृया दिनुहोस्