विगत २४ घण्टायता नेपाल’मा थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जान’कारी दिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोग’शालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइर’सको सं’क्रमण पोजे’टिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा देव’कोटाले जान’कारी दिएका हुन्।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परिएको परीक्षणमा झापाका २ जना र मोरङका २ जनामा समेत कोरोना भाइरसको संक्रमण पाइएको छ।
‘
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोग’शाला टेकुमा अछाममा ४२, बाजुराका ४१ जना, भक्तपुरका ३ जना, डडे’ल्धुराका ८४ जना कैलालीका २१ जना कपिलवस्तुका १६ जना, काठमाडौंका २ जना, बैतडीका २५ जना, नुवाकोट’का २ जना, रौतहटका ३४, रुपन्देहीका ३ जना, सर्लाहीका ३, ललितपुरका १, नवलपरासीका १ र महो’त्तरी १ जनामा समेत कोरोना संक्रमण पाइएको छ।
टेकु अस्पतालको प्रयोगशा’लामा सिन्धुलीका १ जना महिला समेत संक्रमित भएकी छन्। भरतपुर अस्तपालको प्रयोगशा’लामा पर्वतका ५ जना चितवन र नवलपरासी पूर्वका १-१ जनामा समेत कोरोना संक्रमण पाइएको छ।
यस्तै धुलिखेल अस्पतालको प्रयोगशा’लामा धनुषाका २९ जना, बागलुङका १ जना, मनाङका १ जना, पूर्वी नवलप’रासीका ३० जना, स्याङ्जाका ९ जना, पर्वतका ४ जना, तनहुँका १५ र गोर्खाका ११ जना संक्रमित भएका छन्।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयो’गशाला रुपन्देहीमा गुल्तमीका ३ जना, कपिलवस्तुका १ जना, पाल्पाका ६ जना, रुपन्देहीका ७ जना, रोल्पा र नवलपरासीका १ जना छ’न्। यस्तै सोही प्रयोग’शालामा अर्घाखाँचीका ९७ जनामा समेत कोरोना संक्रमण भएको पाइएको छ।
भेरी अस्पतालको प्रयोगशा’लामा गरिएको परीक्षणमा बाँकेका ३ जना बर्दियाका ३ जना, कैलालीका र दैलेखका १-१ जनामा समेत कोरोना संक्रमण पाइएको छ। यस्तै राप्ती’ स्वास्थ्य विज्ञान प्रतिष्ठा’नमा दाङका ४ जना समेत कोरोना संक्रमित पाइएका छन्।
सुर्खेतस्थित प्रयोगशालामा दैलेखका ८६ जना र सुर्खेतका ३४ जना कोरोना संक्रमित पाइ’एका छन्। सेती अस्पतालको प्रयोगशालामा अछामका २ जना, बझाङका २ जना, कपिल’वस्तुका २ जना, कैलालीका २० जना, र डोटीका ५ जनामा समेत कोरोना संक्र’मित पाइएका छन्।
आजमध्ये ८० जना महि’ला हुन् भने ५ सय ९१ जना पुरु’ष हुन्। आज थपिएकासहित नेपालमा संक्रमि’तको संख्या ७८४८ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।
प्रवक्ता डा गौतमका अनुसार हाल’सम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ। नेपालमा बिहीबार’सम्म २२ जनाको भने कोरोना संक्रमणका कारण मृ’त्यु भएको मन्त्रालयले जान’कारी दिएको छ। – नेपाल लाईभ
प्रतिकृया दिनुहोस्