Sunday, February 28

पल, बले र सुधिरले रियाशासंग रोमान्स (भिडियो हेर्नुहोस्)

June 19, 2020 653

कोभिड १९ नियन्त्रण र रोक’थामका लागि भएको लामो बन्दा’बन्दीपछि पल शाह, सागर लम्साल (बले) र रियाशा दाहाल एउटै म्युजिक भिडियोमा देखिएका छन् ।

बन्दा’बन्दी खुकुलो भएपछि भौतिक दूरी कायम गरी निर्माण गरिएको ‘ए है माया’ बोलको गीतको भिडियोमा पल, बले र रियाशासँगै टिकटकका हिट जोडी सुधिर श्रेष्ठले पनि अभिनय गरेका छन् । दिपक शर्माको संगीत, श्यामस्वेत रसाइलीका एरेन्ज रहेको गीतमा मेलिना राई र सरोज ओलीको स्वर छ ।

गीतको शब्द गायक ओली आफैले लेखेका हुन् भने भिडियो निर्देशन पनि उनी आफैंले गरेका छन् । विक्रम स्वारको कन्सेप्ट र कोरियोग्राफीमा निर्माण भएको म्युजिक भिडियो नवराज उप्रेतीले खिचेका हुन् । भिडियोमा क्वारेन्टाइनमा रहेकी युवतिप्रतिको मायालाई देखाइएको छ ।

भिडियोले कोरोना संक्र’मणपछि एक्लोपनको महसुस हुन नदिन मनोरञ्जनसँगै माया, प्रेम र सहयोगको आवश्यकता पर्ने भएकाले सोही अनुसार व्यव’हार गर्नु पर्ने सन्देश प्रदान गरेको छ । भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्