Monday, November 28

विभिन्न स्थानमा भारी वर्षा र बाढी पहिरोको खतरा

June 19, 2020 825

मन’सुन सुरू भएसँगै मुलुकभर वर्षा सुरू भएको छ ।जल तथा मौसम पूर्वा’नुमान महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न भागमा मध्य’मस्तरको वर्षा भइरहेको छ ।
भारतको पूर्वी उत्तर प्रदेशको भू-भागमा निम्न चापीय प्रणाली अवस्थित रहेकाले त्यसको प्रभावले दिउँ’सोसम्म भारी वर्षाको पूर्वानुमान गरिएको छ । प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक – दुई स्थानमा भारी वर्षाको स’म्भावना रहेकाले सतर्क रहन महाशाखाले आ’ह्वान गरेको छ । महाशाखाका अनुसार आगामी २४ घण्टासम्म देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम तथा केही स्थानहरूमा हुने भारी वर्षाले विभिन्न नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना  रहेकाले आवश्यक स’तर्कता अपनाउन जरूरी छ।

प्रतिकृया दिनुहोस्