Sunday, September 24

बाल्यकालमा सजिएको सिउँदो १८ वर्षको कलिलो उमेरमानै पुछियो

June 19, 2020 2114

गत जेठ १० गते भएको घटनाले जाजरकोटका ६ होनहार युवाले ज्या’न गुमाए । नवराज विकको प्रेमिकालाई वेहुली बनाएर भगाउन भन्दै गएका १९ युवा मध्य ६ जनाको नि’धन भयो ।

रुकुम चौरजहारी स्थित युवतीको घर गएका उनीहरुलाई स्थानियको आ क्रमणमा पनि ज्यान गयो । उनीहरुको श’व भेरी नदिमा फेला पर्यो । अहिले घटनाको अनुसन्धान जारी छ । तर त्यो घटनाले शेभे विक र गीता बिकको भने जिवन नै उजाडीएको छ ।

एउटा मात्र छोराको नि’धनले उनीहरुको परिवार भताभुंग भएको छ । कलिलो उमेरमा विवाह गरेर ल्याएकी बु’हारी पनि १७ वर्षको उमेरमै विधुवा वनेकी छन् भने २ वर्षकी नातिनीले बुवाको अनुभव पनि गर्न पाइनन् ।

जाजरकोटको भेरी नगरपालिका, मोटेला टोलकी सुनिता सुनारको आँखा जेठ १० गते देखि ओभाएका छैनन् । काखमा २ वर्षको छोरी लिएर त्यसै टोला’उँछिन् ।उनको विवाह ४ वर्ष अघि वारी रुकुम पश्चिमको चौरजाहरी नगरपालिका–१, लामिछाने गाउँका टीकाराम विकसंग भएको थियो ।

कलिलै उमेरमा विवाह गरेका यि जो’डीले विवाह गरेको २ वर्षमै छोरीलाई जन्म दिएका थिए । विवाह गर्दा सुनिताको उमेर १४ वर्षको मात्र थियो ।

प्रतिकृया दिनुहोस्