Saturday, September 23

भोली असार ६ गते शनिबारको राशिफल हेर्नुहोस्

June 19, 2020 2386

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। अरूलाई दिएको वचन पुर्याउ’न नसक्ता आलोचित बन्नुपर्ला। हातमा आ’एको रकम अरूका लागि खर्चनुपर्नेछ। परिस्थिति सबल नदेखिए प’नि मिहिनेतले आशा ज’गाउनेछ। बुद्धिको उपयोगले काम बनाउन सकिनेछ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)- बिछोडि’एका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहि’रनले व्यक्ति’त्वमा आकर्षण ल्याउनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौस’ला जगाउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)- ख’र्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। प’छिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्या’पार गर्नुपर्ला। खर्च लागे पनि उपलब्धि हातलागी नहुन सक्छ। चुनौती पन्छाउँदै रो’किएका काम गर्नुपर्ने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसि”स गर्नेछन्। थालेको काम बीचमा रोकिन सक्छ। खर्च र समय लागे पनि मिहिनेत गर्दा पुन: काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फा’इदा उठाउने चेष्टा गर्नेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौस’ला प्रदान गर्नेछ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। काम अड्किए पनि लाभांश प्राप्त भइरहनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ। समाजमा तारिफयोग्य काम गर्दै ‘नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)- अस्वस्थताले काममा जुट्न समस्या पर्नेछ। कमजोरीले चिन्ता बढा’उनेछ भने परिस्थितिवश चिताएको काम पनि रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। तापनि सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा समा’जसेवामूलक काम सम्पादन गर्न सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)- प्र”तीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्दा का’म रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोप’नीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ। विशेष उपलब्धिका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)- खर्च लागे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। केही वि’वादास्पद का’मको जिम्मेवारी वहन गर्नुपर्ला। शुभचिन्तकसँगको सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनुहोला। भौतिक सुवि’धाले खर्च निम्त्याउन सक्छ। साथीभाइको सहयोगले उत्साह मिल्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। सोखले जो’खिम बढाउन सक्छ। उप’हारले काममा थप उत्साह पनि जगाउनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)- मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्प’र्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरू’ले हार खानेछन्। परा’क्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हु’नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वा’कांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)-छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ का’ममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थि’तिसँग सम्झौता गर्नुपरे पनि गरेको कामले आशा भने जगाउनेछ। समयको माग’अनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिहरूसँग प्रति’स्पर्धा हुन सक्छ। मेह’नत गर्दा अध्ययनमा प्रगति हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)- आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अव’सर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिले’का सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सु’झाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउ’नुपर्ला। आफ्नो प्रति’फलबाट अरूले फाइदा उठाउन सक्छन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)- बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धी’हरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त’ हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै स’हयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक सा’धन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्गे धन’लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइने’छ।

प्रतिकृया दिनुहोस्