यही असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहण हालै नेपालले आफ्नो नक्सा’मा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकि’एको देखिने छ।
लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्र’बाट नेपालमै सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने वरिष्ठ खगोलविद् एवं वाल्मीक विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचा’र्यले जानकारी दिए। काठमाडौँबाट भने ८८ प्रतिशत’सम्म सूर्य ढाक्ने छ।
यो ग्रहण वलय (पुरै सूर्य ढाक्ने) सूर्य’ग्रहण भए पनि नेपालबाट खण्डग्रास (आधा ढाक्ने) मात्र देख्न सकिने छ। ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्य’ग्रहण देख्न सकिने उनले सुना’ए।
चन्द्रग्रहण हेर्दा आँखामा कुनै असर गर्दैन भने पनि सूर्य’ग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ। मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ। आँखा’भित्रको रेटिनामा सूर्यबाट आए’को प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाका लागि अन्धो’समेत हुन सक्छ। सूर्यग्रहण नाङ्गो आँखा’ले कहिले पनि हेर्नु हँदैन। सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ।
ग्रहण हेर्न बनाइए’को बिशेष चस्माको प्रयोग गरी ग्रहण हेरेमा कुनै नोक्सानी हुन्न। सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्य’विम्बको प्रतिविम्ब बनाई छाया हेर्नु नै हो। ग्रहण’का बेला दान दक्षिण गर्दा विशेष फल मिल्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा राम’चन्द्र गौतमले बताए। नदी तट वा गङ्गामा गई ग्रहणको स्नान गरी शुद्घ हुने गर्दछन्।
तान्त्रिक’हरु मन्त्र सिद्घ गराउनका निमित्त ग्रहण लागेको समयलाई उपयुक्त मान्छन्। यसैले ग्रहणका समयमा मन्त्र’को साधना समेत गर्दछन्। ग्रहणसम्बन्धी अन्धविश्वास संसारभरी नै रहेको पाउन सकिन्छ। रोमनहरु ग्रहणका बेला चिच्याउने गर्दछन् भने ची’नमा ग्रहण र ड्र्यागन सँगको सम्बन्धमा विश्वास गर्दछन्। प्राची’न मिश्रका राजा आफैँ सूर्यवंशी थिए। सूर्यग्रहणका बेलामा उनी शहरको मुख्य मन्दिर:मा परिक्रमा गरिरहन्थे भन्ने इतिहास भेटिन्छ।
सूर्यग्रहण नेपालमा बिहान १०:५५ देखि शुरु भई अपराह्न २:२४ बजे समाप्त हुने छ। मध्याह्न १२:०४ बजे सूर्यलाई करीव ८८ प्रतिशत ढाकेको देखिने छ। ग्रहणका समय’मा वातावरणीय ताप’क्रम घटेर चिसो अनुभव हुनेछ। त्यसदिन दुईपटक बिहान भएको पो हि कि भन्ने जस्तो महशुस हुने खगोलविद् आचार्यले बता’ए।
धर्मशास्त्रअनुसार सूर्यग्रहण मेष, सिंह, कन्या एवं मकर राशि भएका मानिसले मात्र हेर्न हुने समितिका सदस्य सचि’व तथा पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए। वैज्ञा’निक मतमा भने सूर्यग्रहण जो सुकैले सुरक्षित तरिका अपनाएर हेर्न हुने नेपाल एष्ट्रोनोमि’कल सोसाइटीका अध्यक्ष सुरेश भट्ट’राई बताउँछन्।
साधारण मानिसका लागि ग्रहण एउटा अनौ’ठो तथा असाधारण घटना हो। खगोल’विद्का लागि यस्तो घटना आफ्नो गणित जाँच्ने सुनौलो अवसर हो। वैज्ञा’निक तथा खगोलविद् सूर्य, चन्द्र तथा पृथ्वीको सही दूरी मापन गर्न ग्रहणको उपयोग गर्दछन्। साना बालबालि’काका लागि विज्ञानमा रुचि पैदा गराउन यस्ता घटना उपयोगी हुन्छ’न्। नेपालबाट करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्य’ग्रहण देखिन्छ।
सूर्यग्रहण हेर्न चाहनेलाई तक्षशिला एष्ट्रोनोमिकल क्लबले सामा’खुसीस्थित कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिका’बाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाए’को जनाएको छ। यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थि’त कार्या’लयबाट युट्युब च्यान’लमार्फत् सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गर्नेछ।
शनिबार साँझ ७:०० बजे सूर्य’ग्रहण विषयमा जि’ज्ञासा हुनेले सोसाइटीका विज्ञसँग प्रश्न राख्न सक्ने अध्यक्ष भट्टराईले बताए। सूर्यग्रहणका विषयमा जिज्ञासा हुनेले शनिबार साँझ सोसाइ’टीको प्रत्यक्ष सा’माजिक सञ्जाल पेज’मार्फत् प्रत्यक्ष प्रसारणका बेला प्रश्न राख्न सक्ने छन्। प्रश्न ‘आस्क नासो हस्टेज’मा राखेर सामा’जिक सञ्जालमा पोष्ट गर्न सकिने सोसाइटी’ले जनाएको छ। – अन्नपुर्ण पोस्ट
प्रतिकृया दिनुहोस्