Sunday, September 24

आज कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस्

June 20, 2020 1270

विगत २४ घण्टायता नेपालमा थप ३ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य’ तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। आज थपिएकामध्ये ४९ जना महिला हुन् भने २८२ जना पुरुष हुन्।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रति’ष्ठान धरानमा गरिएको परीक्षणमा झापाका २ जना र सुनसरीका १ जना’मा कोरोना संक्रमण पाइएको छ। यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनग’रमा मोरङका ८ जना, प्रादेशिक जनस्वा’स्थ्य प्रयोगशाला जन’कपुरमा महोत्तरीका २४ जना र सर्लाहीका ३ जनासमेत कोरोना संक्रमित पाइए’का छन्।

यस्तै नारायणी अस्पतालको प्रयोग’शालामा बाराका ३ जना समेत संक्रमित पाइएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बाराका १, बाग्लुङका १४ जना, बैतडीका १८, गुल्मीका १८ जना, डडेल्धुरा १२ जना, डोटीका ६१ जना, कैलालीका १ जना, काठमा’डौंका १ जनामा कोरोना पुष्टी भएको छ ।

त्यस्तै नवलपरासी पूर्वका १७ जना, नवलप’रासी पश्चिमका १ जना, पाल्पाका १, रामेछापका ३ जना, रौतहटका २, सर्लाहीका ६ जना र रुपन्देहीका १ जनामा समेत कोरोना संक्रमण पाइएको छ।

शुक्रराज ट्रपि”कल तथा सरुवा रोग अस्पताल टेकु प्रयोगशालामा धादिङका ८ जना, पाल्पाका १६ जना र भक्तपुरका ७ जनामा समेत कोरोना संक्रमण पाइएको छ। यस्तै भरतपुर अस्पता’लको प्रयोगशालामा नवलपरासी पूर्वका ४ जना र स्याङ्जा’का १ जनामा समेत कोरोना संक्रमण पाइएको छ।

यसैगरी कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको प्रयोगशालामा रौतहटका ५ जना, त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा कैलालीका २ जना, पोखरा प्रति’ष्ठानको प्रयोग’शालामा बाग्लुङका ६ जना, पोखराकै क्षयरोग केन्द्र प्रयोगशालामा नवलपरासी पूर्वका ११ जना र तनहुँका २३ जनामा समेत कोरोना संक्र’मण पाइएको छ। यस्तै प्रादेशिक जनस्वा’स्थ्य प्रयोगशा’ला रुपन्देहीमा पाल्पाका १६ जनासमेत संक्रमित पाइएका छन्।

यस्तैगरी बाँकेको भेरी अस्पतालको प्रयोगशा’लामा बाँकेका १४ जना र बर्दियाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जान’कारी दिए।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशा’लामा रुकुम पश्चिमका १ जना, दाङका ४ जना र प्यूठानका ८ जनामा समेत कोरोना संक्रमण पाइएको छ। आज थपिए’कासहित नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको मन्त्रालयका प्रवक्ता जा’गेश्वर गौतमले जानकारी दिए। यीमध्ये ७ सय ५६ जना महिला हुन्।

प्रवक्ता डा गौतमका अनुसार हा’लसम्म देशका ७४ जिल्ला’मा संक्रमण देखिएको छ। नेपालमा हालसम्म २२ जना’को भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रा’लयले जान’कारी दिएको छ। – नेपाल लाईभ

प्रतिकृया दिनुहोस्