Monday, March 20

भोलि सूर्य ग्रहण लाग्दै, ग्रहणको समयमा यस्ता कार्य गर्दा हानी हुन सक्छ

June 20, 2020 3470

असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने ने’पाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

ग्रहण’ले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष ‘प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट ग्रहण देखिने उनले बताए ।

शास्त्रीय मान्यता अनु’सार असार ६ गते राति १०ः५० देखि बाल, वृद्ध र बिरामी बाहेक अरुलाई भो’जन निषेध गरि’एको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लि’न पनि उत्तम हुने शास्त्रीय मान्यता छ ।

ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा न’सके नजिकको नदी, ताल, तलाउ, पोखरी र सो सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमि’त्रोदय लगायत धा’र्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नु हुने र नहुने अन्य का’मलाई ग्रन्थमा उल्लेख गरिएको छ ।

यो ग्रहण हेर्दा कुन राशीलाइ कस्तो प्रभाव:- मेष राशी – श्रीप्राप्ती, वृष राशी – क्षती, मिथुन राशी – घात, कर्कट राशी – ब्यय, सिंह राशी – लाभ, कन्या राशी – सुखम, तुला राशी – माननाशः, वृश्चिक राशी – कष्टम, धनु राशी – स्त्रीपिडा, मकर राशी – सौख्यम, कुम्भ राशी – चिन्ता, मीन राशी – ब्यथा

खण्डग्रास सुर्यग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ । मिथुन राशिमा लाग्ने कारणले यसलाई विशेष रु’पमा हेरिएको छ । बीचको ३ घण्टा ३१ मिनेटमा हामीले बि’शेष सावधानी पुर्‍याउनु आवश्यक हुन्छ । हिन्दु धर्म’को परम्परा अनुसार ग्रहणकालमा निम्न १६ कामगर्न ब’र्जित गरीएको छ ।

ग्रहणको समयमाभोजन र जल’आदि ग्रहण गर्न बर्जित गरिएको छ । ग्रहणकालमा भोजन बनाउनु् वा यसको तयारी गर्नु समेत हुदैन । त्यस्तै ग्रहणकालमा कुनै पनि शुभ’कार्यको थालनी गर्नु हुदैन अन्यथा असफलता प्राप्त हुनेछ ।

ग्रहणकालमा देव पूजनका साथै देवीदे’वताको मूर्ति’स्पर्श गर्नबाट बच्नु पर्दछ । यसैगरी ग्रहणको सूतक कालमा उपासना वा देव दर्शन बर्जित रहन्छ ।

यस का’लमा मदिरा, धुम्र’पान वा सुर्ति सेवन गर्नु’हुदैन अन्यथा ग्रहणको दुष्प्रभाव पर्दछ ।साथै ग्रहणको समयमा जुठो भा’डाँ वा चुल्हो राख्नु हुदैन । यस कालमा माछामासु काट्ने वा बेच्न अुशभ हुने मान्यता छ ।

त्यस्तै ग्रहणकालमा कपाल र नङ का’ट्नु वा काट्न लगाउनु हुदैन । यस कालमा सिलाई कटाइ गर्नु समेत अशुभ मानिन्छ । ग्रहण कालमा तिखा, धारिलो हतियार’को प्रयोग गर्न बर्जित रहन्छ ।

ग्रहणकालमा निदाउ’नु समेत हुदैन अन्यथा यसले हानि पुर्‍याउने धा’र्मिक मान्यता छ । ग्रहणको समयमा शारीरि’क सम्बन्ध राख्न बर्जित छ । अन्यथा अशुभ हुने विश्वास छ। यस कालमा ग्रहण’को छायाँबाट गर्भवती महिलाले विशेष रूपमा बच्नु पर्दछ ।

प्रतिकृया दिनुहोस्