Thursday, May 6

आज सूर्यग्रहण लाग्दै, राशीअनुसार कसले हेर्न हुन्छ, कसले हुँदैन ? जान्नुहोस्

June 21, 2020 1414

आज (आइतबार) विहान खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहण’ले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मो’क्ष प्राप्त गर्ने समिति’का अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयाे । तीन घण्टा ३३ मिनेटसम्म नेपाल’बाट ग्रहण देखिने उहाँले बताउनु’भयाे ।

शास्त्रीय मान्यताअनुसार असार ६ गते राति १०ः५० देखि बाल, वृद्ध र बिरामी बाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समय’मा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ ।

ग्रहणका बेला सके’सम्म तीर्थ स्थलमा न”सके नजिकको नदी, ताल, तलाउ, पोखरी र सो सम्भव नभए घरमै स्नान गर्नु’पर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमि’त्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नु हुने र नहुने अन्य काम’लाई ग्रन्थमा उल्लेख गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहण’मा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशा’स्त्रविद् समेत रहनुभएका गौतमले बताउनुभयाे । सुत’क लागेपछि भोजन गर्नु नहुने धा’र्मिक विश्वास छ । यसै विश्वासअनुसार असार ६ गते रा’ति १०ः५० बजेदे’खि भोजन गर्नु हुँदैन ।

सूर्य ग्रहण वीपी कोइरा’ला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, कीर्तिपुरले टेलिस्कोप’को सहायताबाट प्रत्यक्ष प्रसारण गर्ने भएकाे छ ।

यी राशि भएकाले हेर्न मिल्ने , र यी राशि हुनेले हेर्न मिल्दैन :

सूर्यग्रहण मृगशिरा र आद्र्रा नक्षत्र एवं मिथुन राशि’का मानिसलाई अति कष्ट हुने समि’तिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताउ’नुभयाे । सूर्यग्रहणको फल राशि’अनुसार फरक छ ।

मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानि’सलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीन’लाई व्यथाको फल हुने समितिले स्वी’कृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

मेष, सिंह, कन्या र मकर राशिकाले मात्र सुरक्षित विधि अपनाएर ग्रहण हेर्न हुन्छ । अरु आठ राशि भए’का मानिसले भने सूर्यग्रह’ण हेर्नुहुँदैन भन्ने मान्यता छ । यस वर्ष नेपाल’बाट देखिने असार ७ गतेको सूर्यग्रहण मात्र रहेको समितिले जनाएको छ ।

नेपालबाट खण्डग्रास सूर्य ग्रहण मात्र अवलोकन गर्न सकिने

वीपी कोइराला मेमोरियल प्लाने’टेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका अनुसा’र बलया’कार सूर्य ग्रहण काठमाडौंबाट दृष्टिगत न’हुने तर खण्डग्रास सूर्य ग्रहणको रुपमा’ अवलोकन गर्न सकिनेछ ।सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमा’ले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छायाँ पृथ्वीमा पर्न गई सूर्य ग्रहण हुन जान्छ ।

सूर्य ग्रहण केवल चन्द्र’माको ‘न्यून मून’ फेजमा मात्र लाग्न सम्भव हुन्छ । खण्डग्रास, खग्रास तथा बलया’कार सूर्यग्रहण विभिन्न खगो’लियम अवस्थामा निर्भर गर्दछ ।

यस सूर्य ग्रहणमा चन्द्रमा पृथ्वी’बाट सवभन्दा टाढा पुगेको केही दिनप’छि मात्र चन्द्रमाले सूर्यलाई छेक्ने हुदाँ पृथ्वीबाट अवलोकन गर्दा यसले सूर्यबाट आएका प्रका’शलाई पूर्ण रूपमा नछेक्ने हुदाँ सूर्य केवल रिङ आकारको गोलाकार रुपमा अवलोकन हुनेछ । काठमा’डौंबाट भने यो केवल खण्डग्रासको रुपमा अवलोकन गर्न सकिनेछ ।

सूर्य पृथ्वीबाट लग’भग १५ करोड कि.मी टाढा रहेको छ । यसको ब्यास पृथ्वीभन्दा १०९ गुणा ठूलो छ र चन्द्रमा’को ब्यास पृथ्वीको एक चौथाइ मात्र छ । तौल तीन लाख ३३ हजार गुणा बढी छ । यस’को बाहिरी सतहको तापक्रम लग’भग ६००० डिग्री सेन्टि’ग्रेड र केन्द्रको तापक्रम १५०००,००० डिग्री सेन्टिग्रेड रहेको छ ।

सौर्यमण्डलका सम्पूर्ण ग्रहहरू आफ्नो कक्षमा परिभ्र’मण गर्नका साथै सूर्यको वरिपरि पनि परिभ्र’मण गरिरहेका हुन्छन् । पृथ्वी आफ्नो कक्षमा पश्चिमबा’ट पूर्वतिर परिभ्रमण गर्नुका साथै सूर्यको वरि’परि पनि परिभ्रमण गरिरहेका हुन्छ ।

सामान्यतया व्याख्या गर्दा सूर्य र पृथ्वी’को बीचमा चन्द्रमा आएर पृथ्वीमा पर्ने सूर्यको प्रकाश’लाई पूर्ण वा आंशिक रूपमा छेकेमा अर्थात् चन्द्रमाको छायाँ पृथ्वीमा पर्न गएमा छायाँ परेको स्थानमा सूर्य ग्रहण लाग्न जान्छ । सूर्य ग्रहण खग्रास, खण्डग्रास वा बलयाका’रको हुने गर्छ ।

पृथ्वीको एक स्थानमा खग्रास सूर्य ग्र’हण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्ष पछि मात्र लाग्दछ । चन्द्रमाको त्रिज्या पृथ्वीभन्दा धेरै सानो भए’कोले चन्द्र र सूर्य गोलाहरूमा बाहिर स्पर्श रेखाद्वारा निर्मित शंकु छायाँ (कोन सेडो) भित्र पृथ्वी’ पूर्ण रूपले नपर्ने हुँदा पृथ्वी’को केही निश्चित भागबाट मात्र सूर्यग्रहण अवलोकन गर्न सकिन्छ ।

चन्द्रमाले सूर्य’बाट आएको सम्पूर्ण प्रकाशलाई छेक्नाले पृथ्वी’मा सघन छायाँ पर्न गई पृथ्वीको उक्त भाग’मा अवस्थित व्यक्तिह’रूले खग्रास सूर्यग्रहण अवलोकन गर्न सक्दछ । चन्द्रमा’ले सूर्यको केही भागलाई मात्र छेक्ने स्थानमा अवस्थित व्यक्तिहरूले केवल खण्ड’ग्रास सूर्यग्रहण मात्र अवलोकन गर्ने अवसर प्राप्त गर्दछन् । – न्युज २४ नेपाल

प्रतिकृया दिनुहोस्