Wednesday, February 24

हरेक वर्ष छोरी खोज्न नेद’रल्याण्डबाट नेपाल आ`उँछिन् यी ७८ वर्षि’य आमा, हेर्नुहोस्

March 1, 2020 14660

२२ वर्षअघि नेदरल्याण्डकी जिन भान भेगलले छोरी कोरीलाई नेपाल घुमाउन ल्याइन्। पहिलोप`टक नेपाल आ`एकी कोरी यहाँका सम्पदा र हिमालसँग सम्मो`हित भइन्। आमाछो`रीले त्यतिबेला मुस्ताङमा पद`यात्रा गरे । कोरीकी दिदी करिन भान भेग`ल सन् १९९५-२००१ सम्म कृषि`सम्बन्धी परियोज`नामा काम गर्न नेपाल बसे`की थिइन्।

पहिलो पटक नेपाल आउँदा नै रोमाञ्चित भए`की भेगल आमा छोरी त्यस पछि पनि नेपाल आइरहे । सुरूमा आमा`सँग आए`की कोरी पछि एक्लै नेपाल आउन थालिन् । नेपाली आतिथ्यता र माटोसँग परिचित भइस`केकी कोरीको बिदा मना`उने गन्तव्यनै नेपाल बन्यो ।

नेपाल घुमेर उनी कहिल्यै अघाइ`नन्, पद`यात्रा गरेर कहिल्यै थाकिनन्। २ व`र्षअघि फेब्रुअरी २०१८मा पनि कोरी एक्लै नेपालका डाँडा`काँडा र हिमाल नापि`रहेकी थिइन्।

नेदर ल्याण्डबाट एक महिनाका लागि नेपाल उडेकी कोरी ७ फेब्रुअरी २०१८ मा काठमाडौं ओर्लिन् । लगत्तै पोखरा आएर अन्न`पूर्ण क्षेत्रमा पदयात्रा थालिन् । अन्नपूर्ण संरक्षण क्षेत्र आ`योजना सँग प्रवेश अनुम`ति लिँदा उनले अन्न`पूर्ण बेसक्याम्प जाने भनेकी थिइन्। एबिसी पदमार्गको एक्यापअन्तर्गत बिरेठाँटी चेक`पोस्टमा १३ फेब्रअरी २०१८ मा कोरी चेक इन भएकी थिइन्।

त्यसपछि भने उनको बाटो मोडिएछ। उनी एबिसी होइन बाटोबाटै म्याग्दीको पुन`हिलतर्फ लागिन्। पुनहिल`बाट फर्केर उनी मर्दी हिमालको पदया`त्रामा हिँडिन्। मर्दी पदमार्गको हाइक्याम्प स्थित होटल ट्रेकर्स प्याराडाइजमा उनी १९ फेब्रुअरीमा बास बसेकी थिइन्।

पर्यट कको भीडले कोठा नपाएकी कोरीले त्यो रात होटलको डाइ`निङ टेबलमै बिताइन्। भोलिपल्ट बिहानै मर्दी बेस क्याम्प (४५००मिटर) चढिन्, फर्केर फेरि हाइ`क्याम्पमै बसिन्।

अघिल्लो रात बसेको होटलमा कोठा नपाए`पछि कोरी माछा पुच्छ्रे होटलमा सरिन्। होट`लमा रहेको इन्टरनेट`बाट भोलिपल्ट बिहानै छोरी रेइनलाई उनले म्यासेज पठाइन् ।

उनको म्यासे`जमा लेखिएको थियो- म फेरि पनि हिमालका माथि माथि सम्म गएँ। फर्किँदा निकै गाह्रो भयो। आज मौसम खराब छ: तुँवा`लो लागेको छ, असिना पर्छ`जस्तो छ। म अहिले एक लजजस्तो ठाउँमा छु।

भोलि बिहान ५-६ बजेतिर सबैजना हिमाल र सूर्योदय हेर्न अग्लो ठाउँमा जाँदैछन्। म्यासेजसँगै मर्दी हिमाल बेस क्याम्प (४५०० मिटर) मा खिचिएको तस्बिर, सेल्फी सुर्योदय हुनुपूर्व`को आकाश र पोखरा सेरोफेरो घुम्दाका तस्बिर पनि थिए।

मर्दी हिमाल बेस क्याम्प (४५०० मि) मा खिचिएको बेपत्ता कोरीको तस्बिर। उनले अन्तिम पटक यो तस्बिर आफ्नी छोरी रेइनलाइ पठाएकी थिइन् ।

कोरीले नेपाल ओर्लिएदेखि नै आफूलाई लागेका अनौठा तस्बिर र अनुभव निरन्तर छोरी र परिवारलाई पठाइरहेकी थिइन्। हाइक्या`म्पबाट आमाले पठाएको सन्देश र फोटो हेरेर नेदरल्याण्डमा रेइन मुस्कुराइन्। उनलाई के थाहा ती शब्द र तस्बि`रनै आमाले पठाए`का अन्तिम कोसेली हुनेछन् भनेर!

छिनछि`नमा मौसम बदलि`रहने बादलले ढपक्कै ढाक्ने मर्दी पदया`त्रामा कोरी त्यसपछि कहाँ गइन्, कता पुगिन्, अहिले`समम कसैलाई पत्तो छैन।

पदया`त्राबाट फर्केप`छि पोखरा वि`पासना केन्द्र`मा ध्यान बस्ने कोरीको योजना थियो । ध्यान बस्दा दुई साता सम्प’र्क विहीन हुने रेइनलाई जानकारी गराइसकेकी थिइन्। पोखरा वि`पासना केन्द्रमा ‘अप्रिल कोर्स’ उनले बुक गरेकी थिइन् ।

कोर्स सुरू हुने बेला भयो तर कोरी आइपुगिनन्। उनले प्रयोग गरेको नेपाली मोबाइल नम्बर र इ`मेलमा केन्द्रले बारम्बार सम्पर्क गर्‍यो। फोन लागेन इमे`लको जवाफ पनि आएन।

त्यसपछि त्यहाँका कर्मचा`रीले कोरीकी छोरी रेइनलाई इमेल लेखे- तपाईंकी आमाले यस केन्द्रको अप्रिल कोर्स बुक गर्नु`भएको थियो तर आउनुभएन। हामीले फोन गर्‍यौं। इमेल पनि पठायौं तर कुनै जवाफ आएन।

उहाँले प्रयोग गर्ने नेपा`ली मोबा`इल नम्बर ९८-२४१-१२ ९२३ हो। आशा छ तपाईंले आफ्नी आमा`सँग कुरा गर्न सक्नु हुनेछ। ९ अप्रिल २०१८ मा यस्तो इमेल पाएप`छि रेइनका मनमा चिसो पस्यो।

हाइक्याम्पबाट फर्केर परिवारमा कुनै सम्पर्क नगरेकी कोरी ध्यानमा मग्न होलिन् भन्ने उनीहरूको भरोसा थियो। ध्यान सकिने बेलासम्म पनि विपासाना केन्द्रको सम्प`र्कमै नपुगेको जान`कारीले परिवा`रमा छटप`टी भयो। परिवारको तर्फबाट बारम्बार सम्प`र्कको प्रयास भयो, तर कोरीसँग सम्पर्क भएन। परिवारले कोरीलाई खोजी गरिदिन आग्रह गरे।

नेपालमा हिमाली क्षेत्रमा हरा`एका पर्यटकको उद्धारमा लाग्ने विभिन्न संघसंस्था र व्यक्तिको समूह बनाएर खोज्न पठाइयो। कोरी कहीं भेटिइनन्। आफैंले नेपा`लका हिमाल र पहाड चिना`एकी छोरी तिनै हिमालमा कतै हराएको कुराले आमा जिनको मन भारी भयो। आफू पहि`ला पनि हिँडेको बाटो भएर होला आफैं आएर खोज्ने हिम्मत जुट्यो।

छोरीको सा`स नभए लास भेट्ने लक्ष्य बोकेर ७८ वर्षकी जिन केही समय`पछि नेपाल आइन्। छोरी हिँडेको बाटो हिँडेरै खो`जिन् । तर भेटिनन्। दुई वर्षय`ता जिन नेपाल घुम्नभन्दा पनि हराइ र`हेकी छो`रीका पद`चाप पछ्या`उन नेपाल आउँ छिन्।

नेपाल प्रह`रीको टोली र ता`लिम प्राप्त कुकुर लिएर उनी मर्दी पद`मार्गमा छोरी खोज्न गइन्। तर रित्तै फर्कनुपर्‍यो।यो समाचार सेतोपाटिमा युवराज श्रेष्ठले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्