Tuesday, March 28

पेन्सन निक्लेर आउ’छु भन्थे तर कहिल्यै नउठ्ने गरी कश्मिर’मा ढलेछन् दीपक

June 23, 2020 2010

गत बर्ष नै भारतीय सेनाको सेवा १७ बर्ष पूरा भएपछि जागिर पुग्यो अब पेन्सन निक्लन्छु भन्थे गुल्मीका दीपक कार्की । पेन्सनपछिको सपनालाई जोडेर उनले गत बर्ष मात्रै रुपन्देहीमा नयाँ बनाएर बसाई सराई गरेका थिए ।

तर तिनै दीपक अब कहिल्यै रुपन्देही नफर्कन गरी भारतको कश्मिरमा ढलेका छन् । सोमवार उनले जम्मु कश्मिरमा भएको गोलाबारीमा परि ज्या’न गुमाए’का छन् ।

तिलोत्तमा नगरपालिका वडा नम्वर ५ मणिग्राममा घर बनाएर बसाई सराई गर्दै गत बर्ष पेन्सन निक्लेर आउने सोच सहित गएका का’र्कीलाई हवल्दारको प्रमोशनले पेन्सन निक्लेर घर आउने सपना चुडा’लेको परिवारजन बताउँछन ।

उनका दाई नरेन्द्र कार्की भन्छन ‘पोहोर साल नै पेन्सन नि’क्लन आँटेको बेला हवल्दार’मा प्रमोशन भए पछि रोकिएका थिए, १७ बर्ष जागिर पुगेको थियो, पोहर मात्रै मणि’ग्राममा बसाई सराई गरेका हुन ।’

छन त उनको गुल्मीको खज्र्याङ बजारमा पनि पक्की घर छ । उनका अनुसार कार्कीकी श्रीमति प्र’तिमा कार्की आज एक जना सह’योगीसहित श्रीमानको श’व बुझ्न गोरखपुर पुगेकी छन ।

आमाको मृत्यु भइ’सकेको छ । ९० बर्षीया बाबु शालि’कराम कार्की श्रीमति र दुई छोरी एक छोरा सहित मणिग्राम सरेका थिए । ९ बर्षीया, ७ बर्षीया छोरी र ४ बर्षी’य एक छोरा रहेको दाजु कार्कीले बताए । ३/५ गोर्खा राईफल्समा रहेका कार्की’का पुख्र्यौली घर सा’विक खज्र्याङ गाविस वडा नम्वर ७ गल्फा’कोटमा पर्दछ ।

उनका दाजु कृष्ण’बहादुर का’र्की केहि दिन अघि भारतबाट घर आएर छत्रकोटको जनज्योति माध्यामिक विद्यालयको क्वारेन्टाइनमा रहेको त्यस वडाका वडाध्यक्ष कृष्ण पन्थले जान’कारी दिए । १८ बर्ष अघि भारतीय सेनामा भर्ति भएका कार्कीको उमेर अहिले ३८ बर्ष भएको परिवा’रजनले बताए । न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्