Tuesday, August 3

आज कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस्

June 23, 2020 1271

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९० पुगेको छ। मंगलबार ५ सय ३८ संक्रमित भेटि’एसँगै नेपालमा संक्रमितको संख्या १० हजार नाघेको हो। २४ घण्टायतामा भेटिएका ५ सय ३८ मध्ये ९० महिला र ४ सय ४८ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यले जनाएको छ।

१३ स्थानमा गरिएको प्रयोग’शालामा गत २४ घण्टामा ५ सय ३८ संक्रमित भेटिएका हुन्। विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरा’नमा गरिएको परीक्षणमा झापाका १, सुनसरीका ३ र सप्तरीका २ जना संक्रमित भेटिएको छ।

कोशी अस्पताल विराटनगर प्रयोगशा’लामा मोरङका १, तेह्रथुमका २ र झापा ९ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका २ जना, मोरङका जनामा कोरोना संक्रम’ण पुष्टि भएको हो।

राजविराजस्थित प्रयोगशालामा सप्तरीका १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपु’रमा महोत्तरीका १२ र सप्तरीका ३ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोग’शाला टेकुमा अछामका २, अर्घाखाँचीका २, बागलुङका ६, बझाङका १९, बाजुराका २०, डडेल्धुराका १, धादिङका १८, गोरखाका १३, गुल्मीका ३, कैला’लीका १६, कञ्चनपुरका ९, कास्कीका ७, नवलपरासी पूर्वका २१, पर्वतका २१, प्यूठानका ५, रौतहटका १३, रुपन्देहीका १, सर्ला’हीका २, सिरहाका ७, स्याङजाका ९ र तनहुँका १ जनामा कोरोना पाइएको छ।

यस्तै, किट रोग अनु’सन्धान तालिम केन्द्र हेटौडा प्रयोग’शालामा धनुषाका ३९ छन् भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गोरखाका १६, स्याङजाका ६, बागलुङका ८, कास्कीका १, लमजुङका ५, नवलपरासी पूर्वका १, तनहुँका ७, स्याङजाका ७ र पर्वत’मा १ जना कोरोना पुष्टि भएको मन्त्रालय’ले जनाएको छ।

प्रादेशिक स्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मी’का २, पाल्पाका ४८, रुपन्देहीका २ र प्यूठानका ४५ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका १९, सुर्खेत प्रयोगशालामा सल्यानका ४, सुर्खेतका २३ जना , दैलेखका १५ जना र हुम्ला’का १जना संक्रमित भएको पाइएको मन्त्रालयले जानकारी दिएको छ। यस्तै कर्णाली स्वास्थ्य विज्ञान जुम्ला प्रयोगशालामा कालीकोटका १ र दैलेखका १९ जना को’रोना भेटिएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयो’गशालामा अछा’मका ५, बझाङका ३ र डडेल्धुराका ३, कैलालीका २२ र कञ्चनपुरका ८ जना काेराेना संक्रमित पाइएका छन्। हाल’सम्म नेपालमा कोरोना संक्र’मित भएर उपचाररत २ हजार २ सय २४ जना निको भएका छन्। – नेपाल लाईभ

प्रतिकृया दिनुहोस्